फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी देश समाचार स्वास्थ्य

होमस्टे सञ्चालकहरूलाई आयुर्वेद दोलखाको अभिमुखीकरण

चरिकोट/स्वस्थ पर्यटन प्रवर्द्धन तथा आयुर्वेदको महत्व बुझाउने उद्देश्यले दोलखामा होटल तथा होमस्टे सञ्चालकहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाको आयोजनामा तथा दोलखा होटल तथा पर्यटन व्यवसायी संघको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेतले कार्यक्रमको पानसमा दीप प्रज्वलन गरी उद्घघाटन गर्नुहुदै स्वास्थ्य पर्यटन,आयुर्वेदिक पर्यटन वा जडीबुटी पर्यटनको हिसाबले नेपाल पर्याप्त सम्भावना बोकेको मुलुक भएको बताउदै नेपाल धेरै प्रकारका जडीबुटीको लागि उर्वर भूमि रहेको एवं हिमालीदेखि तराई भेगसम्मको सबैखाले हावापानी रहेकाले पनि होटल ब्यवसायिहारु सग समन्वयकारी भुमिका निर्वाह गर्दै नेपालमा प्राकृतिक चिकित्साभित्रकै अनेक आयामलाई पर्यटनको हिसाबले विकास गर्न सकिने जिकिर गर्नुभयो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाका प्रमुख डा. मनोज कुमार चौधरीले स्थानीय होटल तथा होमस्टे व्यवसायीहरूले आयुर्वेदलाई प्रवर्द्धन गरे पर्यटन क्षेत्रलाई थप सबल बनाउन सकिने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाका बरिस्ठ कविराज बिमल श्रेष्ठले आयुर्वेदको महत्व, प्राकृतिक जडीबुटीको प्रयोग, स्वस्थ खानपान र पर्यटकहरूलाई स्वास्थ्यप्रद जीवनशैलीबारे जानकारी गराउनुभएको थियो ।

दोलखा होटल तथा पर्यटन व्यवसायी संघका पदाधिकारीहरूले पनि आफ्नो धारणा राख्दै स्वस्थ पर्यटन प्रवर्द्धनका लागि आयुर्वेद महत्त्वपूर्ण हुने जानकारी दिनुभएको थियो ।

उक्त अभिमुखीकरण कार्यक्रममा जिरी बजारमा सञ्चालनरत करिब ६० जना होटल सञ्चालक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाका प्रमुख डा. मनोज कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेत, होटल तथा पर्यटन व्यवसायी संघ  बागमति  प्रदेश सदस्य टिका तामाङ , दोलखा होटल तथा पर्यटन व्यवसायी संघका उपाध्यक्ष विनोद जिरेल ,सह सचिव रामहरी शिवाकोटी ,होटल ब्यवसायि सन्तविर तामाङ लगायतले सुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम बिहीबार कालिन्चोकको कुरी उपत्याका स्थित दोलखा कालिन्चोक रिसोर्टमा सम्पन्न भएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

भवानी खतिवडाको ‘चारखोलाको आँगनीमा’ सार्वजनिक

Friendship Khabar

समस्याग्रस्त सहकारीको पहिचान र समाधानको खोजी संम्बन्धी कार्यशाला

Friendship Khabar

एमालेमा सबैभन्दा धेरै मतान्तरमा विजयी चाैलागाई

Friendship Khabar