फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

वडाध्यक्षको पारिश्रमिकबाट विपन्नलाई स्वास्थ्य बीमा

चरिकोट/भीमेश्वर नगरपालिका वडा नंं ५ का वडाध्यक्ष बासु श्रेष्ठले आफूले पाउने पारिश्रमिकबाट विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका छन् ।

सोमबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा विपन्न परिवारलाई स्वास्थ्य बीमाको परिचयपत्र वितरण गरेका छन् ।आफ्नो वडाभरी पहिचान भएका ४५ परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरेको वडाध्यक्ष श्रेष्ठले बताए । प्रति परिवार स्वास्थ्य बीमाका लागि रु ३ हजार ५ सयका दरले लाग्ने रकम आफैंले लगानी गरेर स्वास्थ्य बीमा गरिदिएको उनले बताए ।

सबै परिवारको स्वास्थ्य बीमाका लागि एक लाख ५७ हजार पाँच सय खर्च भएको यो आफूले नगरपालिकाबाट पाउने पारिश्रमिक सुविधाबाट खर्च गरेको जानकारी दिए ।विपन्न पहिचानका लागि नगरपालिकाले निर्धारण गरेको मापदण्ड प्रयोग गरेको उनले बताए । ‘यो पहिलो वर्ष मैले आफ्नो व्यक्तिगत खर्चबाट बीमा कार्यक्रम सुरु गराएँ’ उनले भने ‘अर्को वर्षदेखि नगरपालिकाबाट वडाकै कार्यक्रममा समावेस गरेर सुचारु गराउने योजना छ ।’ परिय पत्र वितरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भरत केसी, उपमेयर कमला बस्नेत लगायतले वडाध्यक्षको कामको प्रशंसा गरे । स्वास्थ्य बीमापछि तोकिएको अस्पतालमा उपचार गर्दा शुल्क तिर्नु पर्दैन ।
वडा अध्यक्ष श्रेष्ठले यस अघि पनि आफ्नो पारिश्रमिकबाट जेष्ठ नागरिकहरुलाई तीर्थ यात्रा, विद्यार्थीहरुलाई शैक्षिक भ्रमण लगायतका कार्यक्रम गराएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एस मेलुङमा बस्नेतको नेतृत्वमा सर्वसम्मत, फोटो फिचर

Friendship Khabar

नेकपा एस निकट प्रवासी नेपाली एकता मञ्च युएइको अध्यक्षमा सापकोटा

Friendship Khabar

अबैध जडिबुटी सुनाखरी सहित ३ जना पक्राउ

Friendship Khabar