फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी बागमती प्रदेश शिक्षा स्थानीय समाचार

व्यक्तिगत लगानीमा विद्यार्थीलाई दिवा खाजा

नाम्दु/बैतेश्वर गाउँपालिका वडा नं. ६ मा रहेको बुस्ती आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि व्यक्तिगत लगानीमा दिवा खाजाको व्यवस्था सुरु भएको छ । दिवा खाजाका लागि समाजसेवी शारदा उप्रेती घिमिरेले मासिक ३० हजारका दरले विद्यालयलाई नगदै उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।


सोमबार विद्यालयमा आयोजना गरेको श्रीपञ्चमीको दिन सरस्वती पूजाको अवसरमा उहाले यस्तो घोषणा गर्नुभएको छ । पशुपति विकास कोषका पूर्व कार्यकारी निर्देशक रमेश उप्रेती, बैतेश्वर गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीको उपस्थितिमा उहाले यस्तो सहयोगको घोषणा गर्नुभएको छ। विद्यालयमा शारादा उप्रेतीकै लगानीमा सरस्वती मन्दिरमा मूर्तीको समेत प्राणप्रतिष्ठा तथा अनावरण गरिएको छ ।


विद्यालयमा ६५ जना विद्यार्थीहरु अहिले अध्ययनरत छन् । कक्षा ५ सम्मका विद्यार्थीका लागि नेपाल सरकारले दैनिक १५ रुपैंयाका दरले दिवा खाजाको रकम उपलब्ध गराउँछ । तर त्यो अप्रयाप्त हुने गुनासो आएपछि उप्रेतीले त्यसैमा थप हुने गरी मासिक ३० हजार उपलब्ध गराउने घोषणा गरेको उनका आफन्त राजेश उप्रेतीले जानकारी दिनुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

नारी दिवसलाई स्थानीय संस्कृति बनाऔं

Friendship Khabar

महिलालाई वैदेशिक रोजगारमा पठाउँदा समन्वय गर्छौ : श्रम मन्त्री

Friendship Khabar

आन्दोलनरत शिक्षकलाई बार्ता आउन पुन: सरकारकाे प्रेस विज्ञप्ति

Kedar Dahal