फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी फाेटाे फिचर बागमती प्रदेश

दोलखा एमालेको अध्यक्षमा भरत दुलाल को घोषणा, यी हुन प्रतिबद्धताहरु

दोलखा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले दोलखाको अध्यक्षमा भरतप्रसाद दुलालले उम्मेदवारी दिने घोषणा गरेका छन् । नेकपा एमाले दोलखाका सचीव तथा शैलुङ गाउँपालिका अध्यक्ष समेत रहेका दुलालले आउँदो पुस २३ गते हुने दशौँ जिल्ला अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पार्टीलाई वैचारिक रुपले माथि उठाउन र कम्युनिस्टको विरासतलाई सार्थक दिन आफ्नो उम्मेद्बारी रहेको दावी गरेका छ्न। विद्यार्थी जीवनदेखि राजनीतिक यात्रा सुरु गरेका अध्यक्ष दुलालले पार्टीको आन्तरिक सङ्गठनलाई प्रभावकारि बनाउन‚पार्टीमा जनताको बहुदलीय जनवादलाई सही धारमा प्रयोग गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए । दुलाल आफ्नो कार्यकालमा शैलुङ गाउँपालिकालाई उत्कृष्ट बनाएको दावी गर्दै दाेलखालाई पनि उत्कृष्ट राजनीति गन्तव्य बनाउने प्रतिबद्धता समेत गर्दछन्।

जिल्ला कमिटी अध्यक्ष का लागि वर्तमान उपाध्यक्ष नर बहादुर श्रेष्ठले पनि उम्मेद्बारी घोषणा गरेका छ्न।श्रेष्ठ र दुलाल बिच २०६६ मा भएको आठौं जिल्ला अधिवेशन मा जिल्ला कमिटीको सचिबमा प्रतिस्पर्धा हुँदा श्रेष्ठ लाई दुलाल ले ठूलो मतान्तरमा पराजित गर्दै बिजयी भएपछि जिल्ला को राजनीतिमा भरत दुलाल चर्चामा आएका थिए त्यसैले यस पटक पनि उपाध्यक्ष श्रेष्ठ र सचिब दुलाल बिच निर्वाचन भएमा दुलाल नै बिजयी हुने दुलाल समर्थक हरुको दावी छ। यसैगरी उपसचिव डबल पाण्डे र नेता भरत केसी ले समेत उम्मेद्बारी जिल्ला अध्यक्षको लागि उम्मेद्बारी घोषणा गरेका छ्न। अध्यक्षमा उम्मेद्बारी घोषणा गरेका भरत दुलालका प्रतिबद्धताहरु:-

१)नेकपा (एमाले ) ले अंगीकार गरिरहेको जबजले दोलखाली जनतालाई आर्थिक, सामाजिक र राजनीतिक तीनै क्षेत्रमा अधिकार सम्पन्न बनाउन ।

२) समाजका हरेक क्षेत्रमा जनतासँग प्रत्यक्ष जोडिएर त्यहाँ परिवर्तन र रूपान्तरणका लागि पार्टीलाई क्रियाशिल बनाउन ।

३) विपन्नताको अन्त्य गरी आर्थिक सम्पन्नता र वैभवपुर्ण सम्पन्नतासहितको ‘समृद्धि’ निर्माणको ऐतिहासिक अभियान सुरु गर्न ।

४) जनताबीच आर्थिक सामाजिक समानता, सेवाप्रवाहमा समान पहुँच, दिगो उत्पादन क्षेत्रको विस्तार गर्न, रोजगारीको सिर्जना व्यापार सन्तुलन गर्न पर्यावरणीय सन्तुलनलाई ध्यान दिन ।

५) आगामी स्थानीय तहको निर्वाचनमा नेकपा ( एमाले ) को जीत सुनिश्चित गर्न ” समृद्ध दोलखा निर्माणमा – सर्वदलीय साझा खाका तयार गर्दै जिल्लालाई सम्पन्न बनाउन ।

६) जनताको जीवनस्तरसँग सम्बन्धित प्रत्येक विषयमा नीति तथा घोषणापत्र तयार गर्दै, जबजको वस्तुगत प्रयोग गर्न

भरत दुलाल का राजनैतिक यात्राका विभिन्न तस्बिर हरु फोटो फिचर….

याे पढ्न छुटाउनु भयाे की ?

सामुदायिक वन दिवसको उपलक्ष्यमा कविता वाचन

Friendship Khabar

मासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्न सहकारी लाई निर्देशन

Friendship Khabar

एमाले नेता दुलाल नेपाली कम्युनिस्ट पार्टीमा

Nabin Kumar Khatiwada