फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

मुक्ति संगठन दोलखाको सम्मेलन,अध्यक्षमा कुल बहादुर बिश्वकर्मा

चरिकोट/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठन दोलखाको अध्यक्षमा कुल बहादुर बिश्वकर्मा चयन भएका छ्न।
शनिबार चरिकोटमा सम्पन्न छैटाै जिल्ला सम्मेलनले कुलबहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको हो। समितिको उपाध्यक्ष रत्न खाती, चित्र नेपाली, रमेश बिश्वकर्मा, सचिवमा सञ्जीव परियार, सहसचिवमा अनिल रिजाल, राधिका मुग्राती, कोषाध्यक्षमा बुद्धिबहादुर विश्वकर्मा चयन हुनुभएको छ ।


नेपाल दलित मुक्ति संगठन दोलखाका अध्यक्ष दिपक धनुकेको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गर्नुभएको थियो ।उद्घाटन समारोह मा मन्तव्य राख्दै मन्त्री खतिवडा ले दलितको हक अधिकार कागजमा लेखेर मात्र सरकारको दायित्व पूरा नहुने भएकोले त्यसको कार्यान्वयन गरिनुपर्ने बताउनुभयो त्यसैले अधिकार प्राप्तीका लागि संविधानको रक्षा र कार्यान्वयन गरिनुपर्ने र यसको कार्यान्वयनको लागि दलित समुदायले आवाजलाई बुलन्द पारी सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले दलित समुदायसँगै सबै नागरिकलाई फाइदा हुने गरी आगामी वर्ष नयाँ र फरक कार्यक्रम बनाउने बताउनुभयो । अर्काे प्रसंगमा उहाँले एकीकृत समाजवादीको प्रगती देखेर एमाले डराएको र माधव नेपाल र पुष्पकमल दाहालको विरोधमा उत्रिएर दिनहुँ खेदो खन्ने गरेको बताउनुभयो । केपी ओलीलाई देश, जनता, कम्युनिष्ट आन्दोलन र कायकर्ताको कुनै चिन्ता नभएको समेत उहाँले भन्नुभयो । आगामी चुनावमा नेकपा एकीकृत समाजवादी एमाले भन्दा शक्तिशाली र ठूलो पार्टी हुने दाबी गर्नुभयो ।

नागरिकको ज्यानको सुरक्षा गर्न निशूल्क कोरोना विरुद्धको खोप उपलब्ध गराइएकोले सबैले खोप उपयोग गरी कोरोना परास्त गर्ने अभियानलाई सफल पार्न समेत उहाँले आग्रह गर्नुभयो । सम्मेलनमा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य शिवप्रसाद भण्डारी, केन्द्रीय सदस्य गोपाल न्यौपाने, चुनु केसि खड्का, केन्द्रीय लेखा आयोगका सदस्य रवीन्द्र कार्की, बागमती प्रदेश कमिटी सदस्य सिर्जना कार्की,शुसिला न्यौपाने,दोलखा जिल्ला अध्यक्ष भीमप्रसाद दाहाल, जिल्ला उपसचिव घनश्याम रिजाल, अनेरास्ववियूका केन्द्रीय स्थायी कमिटी सदस्य सरिता खाती, लगायतले शुभकामना मन्तव्य राख्नु थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

सुर्या लाइफ द्वारा बिमा भुक्तानी

Friendship Khabar

नेकपा एसको महासचिवमा घनश्याम भुसाल

Friendship Khabar

नेकपा एस जिरी नगर कमिटी द्वारा स्वास्थ मन्त्रीलाई ज्ञापनपत्र पेश

Friendship Khabar