जिरी/दोलखाको जिरी नगरपालिका वडा नं ७ का ३५० जना विपन्नलाई न्यानो कपडा ज्याकेट वितरण गरिएको छ । नेकपा माओवादी केन्द्र जिरी नगर ७ नम्बर वडा कमिटि जिरीको पहलमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको हो । नेकपा माओवादी केन्द्र ७ नम्बर वडा कमिटि जिरीले आयोजना गरेको न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि जिरी नगर कमिटि माओवादी केन्द्रका सचिव केन्द्र ज्योती खड्काले जनताको समस्यामा माओवादी केन्द्र सधैं साथमा रहेको बताए ।

उक्त न्यानो कपडा वितरणको लागि प्रेम पूर्ण प्रताप फाउण्डेशन दोलखा मार्फत हाल अमेरिका बस्ने दोलखाली चेली पदम प्रधान ले नगद रु २ लाख सहयोग गरेकि थिइन । बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा ज्याकेट वितरणगर्न पहल गरिएको माओवादी केन्द्रका नेता शान्ता नेपाली ले बताए । न्यानो कपडा विशेष गरि बृद्धबृद्धा, अपाङ्ग, एकल महिला तथा विपन्न लाई वितरण गरिएको छ ।

न्यानो कपडा वितरण संगै फाउण्डेशनले आगामि शैक्षिक सत्र देखि ५ जना विपन्न बालबालिकालाई निशुल्क कक्षा १२ सम्म पढाईदिने सम्मको व्यवस्था मिलाईएको माओवादी केन्द्र जिरी नगरकमिटि उपाध्यक्ष नोर्बु शेर्पाले जानकारी दिए । शनिवार सम्पन्न कार्यक्रममा माओवादी केन्द्र काठ्माण्डौं सम्पर्क मञ्चका सदस्य कर्मा शेर्पा लगाएतले मन्तव्य राखेका थिए भने कार्यक्रम नेकपा माओवादी केन्द्र ७ नम्बर वडा कमिटि का वडा अध्यक्ष हस्त जिरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।