फ्रेण्डसिप खबर
आजको ताजा समाचार खेलकुद गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

ह्युल सुम प्रथम गाेल्ड कप-२०८० काे उपाधि खाेल्मे स्पोर्ट्स क्लबलाई

केदार दहाल
दाेलखा/जिरि न पा ७ मा रहेकाे खावा सुर्के समाज मुख्य आयाेजक र यार्सा विकास क्लब, के दि क्लब र हिले निगाले विकास क्लब सह आयाेजनामा “ह्युल सुम गाेल्ड कप २०८०” कार्तिक २५ गते देखि आज सम्म भएको थियो ।

साेमबार भएकाे फाइनल खेलमा नाम्दु युवा क्लब र खोल्मे स्पोर्ट्स क्लब बिच भएको १-१ गाेल भएपछि पेनाल्टि सुट आउटमा नाम्दु युवा क्लबलाई ७–६ अन्तरले हराउँदै खाेल्मे स्पोर्ट्स क्लबले उपाधि हातपारेकाे हो । त्यसैगरी तृतीय स्थान हाटडाँडा ब्वाइज क्लब भएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयले क्रमश: नगद २५ हजार,१५ हजार र ७ हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए भने खेल अवधी भर आफ्नो उत्कृष्ट कला प्रदर्शन गर्दै बेस्ट गोल रक्षक र उत्कृष्ट खेलाडी खोल्मे स्पोर्ट्स क्लबका सन्दिप सुनुवार र सुमन सुनुवारले प्राप्त गरेका थिए । विजेता टिमलाई प्रमुख अतिथि नव जनउत्थान साकाेसका अध्यक्ष तेन्जिङ शेर्पाले शिल, मेडल, प्रमाण प्रत्र र नगद वितरण गर्नु भएको थियाे । यस प्रतियोगिता सम्पन पार्न यस स्थानका हाल वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा रहेका युवाहरुको मुख्य प्रायोजन साथै डोर्जे सेम्पा विर्डस प्रा ली, आर डिडि कर्ट्रक्सन, हिले निगाले शेर्पा समाज, बैशाखेस्वरी सा व उ स र ङगुर ल्हुन्डुप क्षोलिङ गुम्बा रहेको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

साेनाम ल्हाेछार पर्व मनाउन वैतेश्वरमा २ दिन सार्वजनिक बिदा

Kedar Dahal

हनुमन्तेश्वर माविले उचाल्यो रास्ट्रपति रनिङ शिल्ड- एकै खेलाडीले लिए ३ स्वर्ण र एक रजत सहित ४ पदक

Kedar Dahal

कृषि तथा भेटेनरी प्राविधिक हकहित संरक्षण प्रदेश समिती गठन

Friendship Khabar