फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

जिल्लाकै उत्कृष्ट कर दाखिला गरे बापत जनसचेतन साकाेस सम्मानित

केदार दहाल
दाेलखा/ १२ औँ राष्ट्रिय कर दिवस सप्ताहको अवसर पारेर  करदाता सेवा कार्यालय दाेलखाले बैतेश्वर-५ मैनापाेखरिमा रहेकाे जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि लाई एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको छ ।

साकोसले आर्थिक वर्ष २०७८/०७९ मा दोलखा जिल्लामै सबैभन्दा बढी करिब ८१ लाख रुपैयाँ नेपाल सरकारलाई राजस्व तिरेको संस्थाले जनाएको छ। सम्मानित साकाेसले जिल्ला भरिका कारोबारी करदाता मध्य सबै भन्दा बढी कर तिरेको आधारमा सम्मान पाएकाे हाे । सो अवसरमा जनसचेतन साकाेसको सम्मान पत्र सहकारीका काेषाध्यक्ष श्री भरत दहालले ग्रहण गर्नु भएको थियो । सम्मानपत्र करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले हस्तान्तरण गरेकी थिइन।

उद्योग वाणिज्य संघ मैनापोखरीको समन्वयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा कर सम्बन्धी विभिन्न विषयमा उठेका जिज्ञासालाई कर अधिकृत गौतमले सहजीकरण गरेकी थिइन्। “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नाराका साथ देशभर मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह आयोजना गरिएको उनले बताइन।

याे पढ्न छुटाउनु भयाे की ?

उप्रेतीको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दोलखा गठन

Nabin Kumar Khatiwada

समाजसेवी सकुना श्रेष्ठ मलेकुको प्रस्तुती “राम भजन”

Friendship Khabar

नि: शुल्क स्वास्थ शिविर सम्पन्न

Kedar Dahal