फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

वैतेश्वरको उपाध्यक्षमा कल्याणको उम्मेद्बारी  यस्तो छ राजनैतिक यात्रा

मैनापोखरी/आसन्न स्थानिय निर्वाचनको लागि बैतेश्वर गाउँपालिका को उपाध्यक्षमा कल्याण दाहाल ले उम्मेद्वारी दर्ता गराएका छन ।

२०५८ सालमा स्कुले विद्यार्थी जीवनमा सङ्गठित  हुदै  राजनैतिक जीवनको यात्राको सुरूवात गरेका दाहालको २०६२|६३ को जनआन्दोलनमा अमृत साईन्स क्याम्पसमा कमान्डर बनेर निरङ्कुश राजतन्त्रलाई नारायणहिटी बाट सितल निबास पुर्याउन महत्वपूर्ण भुमिका रह्यो ।अनेरास्ववियुको केन्द्रीय कमिटी हुदै आज अनेरास्ववियूको केन्द्रिय उप महासचिव दाहाल निरन्तर राष्ट्रिय र स्थानीय राजनिती र समाजसेवामा रहदा आफ्नो अध्ययनलाई निखार्दै वातावरण विज्ञानमा र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन। 
आफ्नो जीवन पूर्णकालिन समाजसेवा र राजनितीमा  होमिन निर्णय लिएका दाहाल प्रतक्ष्य राजनितीमा विकास र समृद्धीको खाका सहित योजना लिएर उपाध्यक्षमा उम्मेद्वार दिएको बताउछन।
देशमा विभिन्न राजनीतिक घटनाक्रमहरु घटे, यस्ता घटनाले नेपालको भू राजनीतिमा ठूला ठूला परिवर्तन भए, व्यवस्थाहरु रुपान्तरण भयो ।इतिहासको पानामा यस्ता घटनाहरुले नयाँ रुप लिदै गर्दा युवाहरु नै अग्रभागमा होमिएको छन । २००७ साल,०४६ होस वा ०६२/०६३ मा जस्ले युग परिवर्तनका लागि अग्रमोर्चामा लामबद्ध हुन्छन् र आफूलाई राजनीतिक रुपमा स्थापित गर्न सक्षम हुन्छन् ।

यस्तै आन्दोलन को अग्र मोर्चामा देखिने पात्रका रुपमा रहेका युवा नेता कल्याण दाहाल निडर स्वभाव, स्पष्ट वक्ता र कुशल नेतृत्व गर्न रुचाउने पात्र हुन। आफू रहेको राजनीतिक दलमा प्रतिबद्ध र एक सम्भावित र प्रभावशाली व्यक्तित्व रुपमा परिचित छन, दाहाल।

परिवर्तनका निम्ति विद्यार्थीदेखि नै दोलखाका विभिन्न ठाउँमा हुने विभिन्न राजनीतिक आन्दोलनको मोर्चामा अग्रसर भएर अगाडि बढी रहेका कल्याण दहाल २०५८ साल देखि नै नेकपा एमालेको विद्यार्थी संगठनमा लागेका थिए । अनेरास्ववियु दोलखाको इतिहासमा मात्रै नभएर उनी केन्द्रिय तहमा नै चर्चाको पात्र छन । अनेरास्ववियु को केन्द्रीय समिती हुँदै हाल उनी अनेरास्ववियू केन्द्रिय उपमहासचिव को जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिरहेका छन।

समय सापेक्ष रूपमा राजनैतिक चेतनशील युवाहरूले सकारात्मक हस्तक्षेप र नेतृत्व गर्नुपर्ने आजको आवश्यकता हो।
दोलखाको बैतेश्वर ४ काब्रेमा वि.सं. २०४५ मा जन्मिएका कल्याण अहिले बैतेश्वर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार भएका छन।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीको संयुक्त गठबन्धनमा उनी नेकपा एकीकृत समाजबादीको तर्फबाट बाट दोलखाको बैतेश्वर गाउँपालिका उपाध्यक्षको उम्मेदवार भएका हुन।

याे पढ्न छुटाउनु भयाे की ?

एमबी खड्का देशकै उत्कृष्ट दोश्रो कर्मचारी बन्न सफल

Friendship Khabar

पशुपति स्मृति अस्पतालको न्युनतम सेवा स्तर बढ्याे

Friendship Khabar

वैतेश्वर द्वारा प्राबिधिक सीप बिकास तालिम प्रदान

Friendship Khabar