फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ समाचार

श्रम मन्त्री द्वारा इपिएस भाषा परीक्षा केन्द्रको अुगमन

काठमाडौं/श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गर्नु भएको छ । मंगलबार दिउँसो ललितपुरको भैसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गर्नु भएको हो ।

मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नु पर्ने नियमका बारेमा बुझ्नु भएको छ । रोजगारीका लागि नेपाल बाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभाग अन्तरगत पर्ने इपिएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिने गर्दछ । यो वर्ष पनि जेष्ठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २ सय जनाले परीक्षा दिइरहेका छन् ।

अहिले विद्यार्थीले युविटी मार्फत परीक्षा दिइरहेका छन् । परीक्षाको एक दिन अघि विद्यार्थीको बाडोमेटीक तथ्यांक राख्ने काम गरिन्छ । त्यसमा परीक्षामा सहभागि हुने विद्यार्थीको सबै जानकारी राखिन्छ र सोही आधारमा अर्को दिन कोरियनले परीक्षा लिने गर्दछ ।
यो वर्ष ४४ हजार जना कृषी र पशुपान तर्फको परीक्षमा सहभागि भएको इपिएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिनु भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतन द्वारा हिलेपानी माविमा सहकारी शिक्षा

Friendship Khabar

सामाजिक सन्जाल प्रयोग कर्ता!!किन छाडा हुन्छ ??

Friendship Khabar

दोलखाली स्पीकर ग्राण्ड फिनालीमा सहिद स्मृति आवासियकी मेलिसा ढुङ्गेल प्रथम

Friendship Khabar