फ्रेण्डसिप खबर
कभर स्टाेरी कृषि गृह पृष्ठ लेख तथा रचना

आँधिखाेलामा असारको चटारो!!!

सन्दिप पौडेल

मनसुन सुरु भएसँगै देशका विभिन्न स्थानमा धान रोपाइँ सुरु भएको छ।

गण्डकी प्रदेशको स्याङजा जिल्ला अन्तर्गत पर्ने आँधिखाेला गाउँपालिकाका सबै वडामा यतिबेला बर्खे धान रोपाईंको किसानहरुमा चटारो छ। यस वर्ष सिजनमै पानी परेकाले बाली लगाउने काम समयमै सुरु भएको छ। तर धान रोप्ने समय भइसक्दा पनि रासायनिक मल नआउँदा भने किसान चिन्तित बनेका छन् । कृषिलाई प्राथमिकता र उत्पादन बढाउने लक्ष्यसहित संसदमा बहस भइरहँदा मल खोज्दै भौतारिनुपरेको यहाँका किसानको गुनासो छ। केहि दिन पहिले गाउँपालिका बाट ५० प्रतिशत अनुदान सहयोगमा वितरण भएको हाते ट्याक्टर र निशुल्क फलफूलका बिरुवा प्राप्ती बाट भने किसान केहि हर्षित भएका छन्। गाँउमा युवा- पुस्ता कोहि नबस्ने र खेतबालीको निम्ति गोरु पाल्न कठिनाई बन्दै गएको अवस्थामा गाउँपालिकाले अनुदानमा वितरण गरेको हाते ट्याक्टर बाट समयको पनि बचत हुने र जनशक्ति पनि कम प्रयोग गरि छिटोछरितो कार्य पुरा गर्न सकिने कुरा वडा नं २ का किसान लवकुमार ढकाल बताउनुहुन्छ। असार महिना सबै नेपालीको लागि व्यस्त र महत्वपूर्ण मानिने महिना हो । खेतीका लागि मात्रै होइन, विद्यार्थीहरुको लागि महत्वपूर्ण ठानिएको माध्यमिक तह परिक्षा (एसईई) को नतिजा आउने महिना पनि असार नै हो। प्राकृतिक विपत्ति र प्रकोपको दृष्टिकोणले नेपाल अत्यन्तै जोखिमयुक्त देशको श्रेणीमा पर्दछ। असार महिनामा नै नदीहरुमा जलस्तर बढेर जान्छ। यसले बाढी आउने, समुचित ढल निकासको अभावमा वस्तीहरु जलमग्न भई जोखिमपूर्ण विपत्तिको सामना गर्नुपर्ने महिना हो। पहाडी क्षेत्रमा पहिरो जाने, जमीन भासिने कारणले आवत जावतमा ठूलो व्यवधान खडा हुने गर्दछ। उदाहरणको लागि केहि दिन पहिलेको पोखरा महानगरपालिकाको घटना लिन सकिन्छ। धेरै दुर्घटना भई धनजनको ठूलो क्षति हुने महिनाको रुपमा पनि असारलाई लिने गरिन्छ ।व्यवसायिक क्षेत्रमा असार महिना अत्यन्त व्यस्त हुने महिना हो। सरकारलाई कर, राजश्व बुझाउनुपर्ने महिना पनि हो यो। विकास निर्माण कामको त बाढी आउँछ असार महिनामा। काम नभए पनि प्रगति विवरण देखाउनको लागि आर्थिक वर्षको अन्तिम महिना असारमा सकेसम्म धेरै खर्च गर्ने गरेको पाइन्छ। पानी निरन्तर परिरहेको बेलामा समेत ठेकेदारहरुले सडक कालोपत्रे गर्ने काममा तीव्रता ल्याएको देखिन्छ। खानेपानीका पाइपलाइन पनि यही महिनामा बढी विछ्याइन्छ। ढल निकासको लागि खन्ने काम पनि यही महिनामा गरिन्छ। असार महिनामा अरु बेला भन्दा बढी दैनिक सरकारी गोष्ठी, सेमिनार,अभिमुखीकरण, छलफलका सयौं कार्यक्रम भइरहेको थाहा पाउन सकिन्छ। असारमा आएर मात्र गरिने यस्ता विडम्बनापूर्ण कार्यहरु हाम्रो मुलुकमा भइरहेकै छन्। स्रोत र साधनको दुरुपयोग भइरहेकै हुन्छन्
असार महिनामा नै विकासका काम गर्नुपर्ने स्थितिलाई सुधार गर्नुसके केहि हदसम्म भएपनि हाम्रो जस्तो बिकसित मुलुकको लागि आम जनताबाट उठाइएको करको रकमलाई समुचित उपयोग गरी सरकारको विश्वसनीयता बढाउन केहि सहयोग मिल्थ्यो कि? समग्रमा असार महिना हामी सबै नेपालीको लागि माना खाएर मुरी फलाउने महिना हो।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतन साकोसका प्रमुख संरक्षक ढुङ्गेल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Friendship Khabar

नेपाली काङ्ग्रेस बैतेश्वर काठमाडौं सम्पर्क समिति गठन

Friendship Khabar

वैतेश्वरमा सामाजिक सुरक्षा संम्बन्धी अभिमुखीकरण

Friendship Khabar