फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कृषि गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

दोलखा दुग्ध उद्योग लिमिटेडको ब्यापार बढेसंगै खुद नाफामा उल्लेख्य वृद्धि

नवीनकुमार खतिवडा
चरिकोट/दोलखा  दुग्ध उद्योग लिमिटेडले यसबर्ष ८ लाख १४ हजार ८ सय ८१ खुद नाफा गरेको छ।अघिल्लो आवको तुलनामा यस बर्ष २५ प्रतिशतले व्यापार वृद्धि गरि संचालन मुनाफा वृद्धि सहित खुद मुनाफा पनि १७७.४ प्रतिशतले वृद्धि भएको हो।

दुग्ध विकास संस्थानको व्यवस्थापनमा नेपालकै पहिलो निजि सार्वजनिक क्षेत्र साझेदारी PPP मोडलमा  संचालित दोलखा दुग्ध उद्योग लिमिटेडका अध्यक्ष लालकुमार केसीको अध्यक्षतामा भएको साधारण सभाको भिमेश्वर नगरपालिका दोलखाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले एक समारोहका बिच उद्घाटन गर्नुभएको हो।साधारण सभामा भिमेश्वर नगर प्रमुख ईश्वर नारायण मानन्धर,मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर,जिल्ला विकास समिति दोलखाका पूर्व उपसभापति शिव प्रसाद भण्डारी,जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी प्रसाद शर्मा,उद्योग वाणिज्य संघ दोलखाका उपाध्यक्ष बिमल कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य सहित धारणा राख्नुभएको थियो।

साधारण सभामा अध्यक्ष लालकुमार केसीले बार्षिक प्रगति प्रस्तुत गर्दै प्रारम्भिक अवस्थामा ८८ लाख चुक्ता पूजीबाट संचालन भएको र २०७१ सालमा दुग्ध विकास संस्थानको प्रवेश संगै थप रु १ करोड २७ लाख पचास हजार सहित हाल कुल शेयर पूजी २ करोड १५ लाख ५० हजार रहेको जानकारी दिनुभयो।
अध्यक्ष केसीका अनुसार दोलखा दुग्ध  उद्योगले उद्योगका निम्न बमोजिमका आगामी कार्यक्रमहरु प्रस्ताव गरेको जानकारी दिनुभयो
१) उद्योगको क्षमता बृद्धिका लागि आबश्यक थप भवन, थप ढुवानी साधान, थप मेसिन उपकरणहरु पुरा गर्न र चालु पूँजि ब्यवस्थाका लागि शेयर पूँजि बृद्धि गर्ने ।
२)उद्योगको क्षमता विकासका लागि चालुपुजि निरन्तर आबश्यकता परिरहने भएकोले सोको अभाव हुननदिन बैंक तथा वितीय संस्थाबाट ऋण लिने ।
३)दूध संकलनको क्षेत्र विस्तार गर्नका लागि दूध ढुवानी साधन ट्याकंर खरिद गर्ने ।

४)बजार व्यवस्थापन तथा ढुवानी समेतका लागि एक थान गाडि खरीद गर्ने ।

५) दूध संकलन विस्तारका लागि दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुली सम्मका क्षेत्रहरुमा आवस्यक पहल गर्दै संकलनको संजाल विस्तार गर्ने ।

६)चिसो मौषममा दहीको खपत कम हुने हुँदा बढी भएको दूधलाई छुर्पी उत्पादन गर्दै आइरहेको हुँदा चिज उत्पादनको लागि आवस्यक व्यवस्था मिलाई चिज उत्पादन समेत सुरुवात गर्नुपर्ने ।

७) उद्योगमा दूध संकलन बढी हुने समयमा बजारिकरणको अभाव हुँदा लामो आयु भएका दुग्ध पदार्थहरु उत्पादन गरि भण्डारण गर्नु पर्ने र सो समयमा कृषकको दूध भुक्तानी तथा चालु पूँजीको अभाव हुने हुँदा दैनिक कार्यहरुलाई सहज बनाउन सहुलियत कर्जा पास गराई कठिन समयमा पूँजी परिचालन गर्ने ।

८)उद्योग आफ्नै हो यसको उन्नति भए सम्पूर्ण किसानहरुको स्तरउन्नति हुने हो तसर्थ स्थानीय सरकारका जनप्रतिनिधिहरु, नगरपालिका, गाँउ पालीकाहरु, सहकारी समेतले कृषीको एकीकृत कार्यक्रम बनाई कृषि तथा पशुविकासको बजेट कार्यक्रम तथा कृषि तथा पशु प्राविधिक विज्ञ जनशक्तिलाई यस दुग्ध उद्योगसँग जोड्दा उत्पादनको अभियान सफल हुने भएकोले आगामी संयुक्त कार्ययोजना बनाउन सहकार्य गर्न गराउन पहल गर्ने ।
“दोलखा डेरीमा सार्वजनिक निजि क्षेत्रको साझेदारी!व्यवसायीक दुध उत्पादनबाट आयआर्जन र रोजगारी”!!भन्ने मुल नाराका साथ संचालित संस्थाले आगामी ३ बर्ष भित्र शेयर पुजीको वृद्धि गर्दै ५ करोड पुर्याउने,स्थिर सम्पत्ति २ करोड ५६ लाख हुने र दैनिक ८००० लिटर दुध संकलन गर्न हाल २८ वटा संकलन केन्द्रहरु बढाएर ४५ पुर्याउने लक्ष्य रहेको लेखा अधिकृत प्रदीप शिवाकोटीले जानकारी दिनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

“एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत ४५७ जना नर्सका लागि अवसर

Kedar Dahal

विशाल र देवीले शुरू गरेका महत्त्वका याेजना पूरा गर्छुः गंगा कार्की

Nabin Kumar Khatiwada

निरन्तर सहयाेग गर्दै दोलखाली समाज दक्षिण कोरिया

Kedar Dahal