फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

शैलुङमा प्रअ भत्ता सरकार लाई नै फिर्ता

शैलुङ/दोलखाको शैलुङ गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापकहरुले भत्ता सरकारलाई फिर्ता गरेका छन्

गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरुले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक बापत निकासा भएको २८ हजार ८ सय रुपैयाँ नेपाल सरकारलाई नै फिर्ता गरेको हुन।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भत्ता संसोधनका विषयमा पटक पटक ध्यानार्षण गराएपनि सम्बोधन नभएपछि दबाब स्वरुप प्रधानाध्यापकको भत्ता फिर्ता गरिएको दुर्गा मावी शैलुङ ४ मागापौवाका प्रधानाध्यापक बालकृष्ण दहालले जानकारी दिनुभयो ।

शिक्षकहरुका लागि धेरै लामो समय अघि तोकिएको सेवा सुविधामा सुधार नभएकोले नहुदा सम्म यो अभियान निरन्तर रहने शैलुङका प्रधानाध्यापकहरुको योजना रहेको बताइएको छ।
नेपाल सरकारले माध्यमिक तहका प्रधानाध्यापकको लागि मासिक ५ सय आधारभूत तह र प्राथमिक तहको ३ सय रुपैयाँ ब्यबस्था गरेको छ।शैलुङ गाउँपालिकामा रहेका ३२ वटै सवै तहका बिद्यालयका प्रअ हरुले एकमुष्ट  रकम फिर्ता गरि गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठलाई उक्त भौचर बुझाएका हुन।

याे पढ्न छुटाउनु भयाे की ?

शिक्षक संगठन अध्यक्षमा कार्की र बुद्धिजीवी परिषद मा दहाल

Friendship Khabar

एकीकृत फ्रेण्डसिपको विद्यालय शिक्षा कार्यक्रम

Nabin Kumar Khatiwada

गौरीशंकर क्याम्पसमा नयाँ नेतृत्व,अध्यक्ष राउत

Friendship Khabar