फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

भ्रष्टाचार भएको भन्दै नेकपा एस द्वारा जिरीमा ध्यानाकर्षण

जिरी/जिरी नगरपालिका बाट गरिएका विकास निर्माण र सेवा प्रवाहमा अनियमिता र आर्थिक हिनामिना भएको भन्दै नेकपा एकीकृत समाजवादी जिरी नगर कमिटीले नगरपालिका कार्यालयमा ध्यानाकर्षण पत्र पेश गरेको छ।

नगरपालिकाले आर्थिक बर्ष २०७९/८० र चालू आवमा भएका काममा आर्थिक अनियमितता भएको भन्दै ज्ञापन पत्र पेश गरेको हो।

नगरपालिकाले डिपिआर निर्माण गर्ने नाममा विभिन्न योजनाको डिपिआरको लागि भन्दै ठूलो रकम खर्च गरेको हुँदा त्यसको खर्चको विवरण सार्वजनिक गर्न माग गरेको छ।नगरपालिकाले जग्गा वर्गीकरण,ल्यान्ड फिल साइट,कवर्ड हल,हाटडाडा खेर्च्याङ भोर्ले सडक,जेष्ठ नागरिक भवन लगाएतका योजनाको डिपिआएर गरेको भन्दै ठूलो खर्च गरि भ्रष्टाचार गरेको समाजवादीको आरोप रहेको छ।उल्लेखित शिर्षकमा काम नगरी डिपिआर गरेको भन्दै नगरपालिका बाट रकम भुक्तानी गरेको पाइएको छ

नेकपा एकीकृत समाजवादी जिरी नगर कमिटी अध्यक्ष मोहन खड्का,जिल्ला कमिटी सदस्यहरु लाल बहादुर जिरेल,इश्वर कार्की,बिकास कार्की नेतृत्वको टोलि आज नगरपालिका कार्यालय पुगेर ध्यानाकर्षण गराएको हो।ध्यानाकर्षण पत्रमा १५ दिनभित्र खर्चको विवरण सार्वजनिक गर्न माग गरेको छ।

याे पढ्न छुटाउनु भयाे की ?

आयाराम,गयाराम र निर्वाचन

Friendship Khabar

मन्त्री परिषदबाट स्वीकृत “शिक्षा ऐन २०८०” का विरुद्धमा शिक्षकहरु धर्नामा

Friendship Khabar

दाेश्राे मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी

Kedar Dahal