फ्रेण्डसिप खबर
अर्थवाणिज्य गृह पृष्ठ बागमती प्रदेश राजनीति

समाजबादी सहकारी संगठनको अध्यक्षमा अर्याल

काठमाडौ/नेकपा एकीकृत समाजवादी निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा भएको छ । नवराज अर्यालको अध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय समिति घोषणा भएको हो ।

नवगठित समितिका उपाध्यक्षहरूमा केशव दंगाल, बटुक कृष्ण थापा, एम प्रसाद जोशी, बिरबहादुर भोटे ,टीपी अधिकारी , विरेन्द्र यादव, धरणीधर अधिकारी रहनु भएको छ भने समितिको महासचिवमा देवराज न्यौपाने सचिवहरू हरी शर्मा सुदर्शन मिश्र ,किरण मोक्तान ,टापबहादुर श्रेष्ठ र राधा कडरिया रहेका छन् ।
कार्यक्रममा नवगठित समितिलाई सपथ ग्रहण गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहकारी अभियानले जनजिविकाका सवालहरुलाइ सम्बोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले नवगठित विभागकाका सदस्यहरूको नाम सार्वजनिक गर्दै पार्टीको जनसङ्गठनको रुपमा स्थापना भएको सहकारी सङ्गठनले जनअपेक्षित र लक्षित वर्गको क्षेत्रमा काम गर्नुपर्ने बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एसले एमसिसीको विपक्षमा मतदान गर्ने

Friendship Khabar

गाउँ पालिकाकाे स्थायी केन्द्र ताेकेकाे २४ घण्टा नबित्दै वडा अध्यक्ष द्वारा प्रमुखकाे कार्यकक्षमा ताेडफाेड

Friendship Khabar

सांसद रिजाल द्वारा श्री कृष्ण कथाको उद्घाटन

Nabin Kumar Khatiwada