फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

जेसिज दोलखाको झोल साबुन तालिम

चरिकोट/ दोलखामा  महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनि विषयक ११४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपाल जेसिज काठमाडौ लेडि र दोलखा जेसिजको आयोजना तथा जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी र बागेश्वरी असल शासन कल्ब बास दोलखा शाखाको समन्वयमा एक दिने झोल साबुन बनाउने कार्यक्रम सम्पन्न भएको छ।

दोलखा जेसिजका कार्यकारिणी उपाध्यक्ष इश्वर दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दाहालले जेसिज दोलखा नेतृत्व विकास व्यवसाय विकास साथै सामुहिकता जवाफदेहिता र पारदर्शिताको सवालमा सचेत रहेको र आमा महिला दिदिबहिनी जेसिज दोलखामा जोडिनुपर्ने कुरामा जोड दिनुभयो । प्रमुख अतिथि आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्कि रहनु  भएको थियो कार्यक्रममा उहाँले महिलाका लागि तालिम धेरै खालका सम्पन्न भए पनि झोल साबुन बनाउने कार्यक्रम निकै प्रभावकारी रहेको र यसलाई व्यवसायीक रुपमा नै अगाडि बढाउन समेत आग्रह गर्नुभयो ।

काठमाडौं लेडिज जेसिज २०१७ कि अध्यक्ष सजना नकर्मि प्रशिक्षक रहेको सो कार्यक्रममा नकर्मिले तालिममा सहभागी महिला हरुलाइ दोलखा जेसिजमा जोडिनका साथै आफ्नो क्षमता अभिबृदि गर्न जेसिज तालिमको विश्व विधालय रहेको समेत जानकारी दिनुभयो । तालिममा  २५ जना महिला  सहभागी रहेका थिय ।तालिममा जनहितचित्रेश्वरका अध्यक्ष नवराज न्यौपाने जिल्ला सहकारी संघका व्यवस्थापक राजकुमार दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

उषा गजुरेलको गीत मौसमको भिडियो सार्वजनिक

Friendship Khabar

बर्मा लामा दोलखा २ मा ठुलोे अन्तरले जित निकाल्ने दावी

Friendship Khabar

भिर बाट लडेर वृद्धको मृत्यु

Friendship Khabar