फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

दुर्गम गाउँमा अनलाइन भुक्तानी बारे विद्युत सचेतना

दाेलखा/महिनाभरी विद्युत बाल्दा महिनामा ५० रूपैयाँ उठ्छ तर त्यही ५० रूपैंया महशुल तिर्न एक हजार गाडी भाडातिरेर प्राधिकरणकाे काउण्टर पुग्नु पर्छ । यस्ताे समस्या दुर्गम विगू गाउँपालिका वडा नं ८ थामीचागूकाे पीडा हाे ।
यस्तो पीडा थामीचागू गाउँ एउटा प्रतिनिधि मात्र हाे । विद्युत प्राधिकरणका सबै ठाउँमा काउन्टर पुग्न नसक्ने धेरै ठाउँमा यस्तै सास्ती छ । विद्युतीय साधनकाे बारे सही जानकारी नपाउँदा यस्ता दुर्गम ठाउँमै विद्युतीय दुर्घटना समेत बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरणले सचेतनाकाे कार्यक्रम सञ्चालन गरेको छ ।

प्राधिकरणले महशुल तिर्नका लागि काउन्टरमै पुग्नु पर्ने बाध्यताकाे पनि गरेकाे छैन । घरबाटै आफ्नै हातमा रहेको माेबाइलबाटै महशुल भुक्तानी गर्न विभिन्न बैंक, वालेट र सहकारीकै माेबाइल एप्समार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरे तापिन सचेतना नपुग्दा यसकाे प्रयोग अत्यन्तै न्यून छ ।
यही सचेतना पुर्याउन ग्राहकवर्गले कसरी अनलाईनबाटै विद्युत महशुल तिर्न सकिन्छ भन्नेबारे नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले विगु गाउँपालिका–८, थामीचागुमा आयोजना गरिएको कार्यक्रममा अनलाईन भुक्तानी र विद्युतीय सुरक्षासम्बन्धी सचेतना गरेकाे छ ।

नागरिकले घरमा बालेका बत्तीको पैसा र उद्योग कलकारखानामा प्रयोग गरिएको बत्तीको महशुल अनलाईनबाटै सहजै तिर्न सकिन्छ । घरनजिक विद्युत काउन्टर या व्यक्ति स्वयम उपस्थित भएर पैसा तिर्न गाह्रो भएमा अनलाईनबाटै महशुल तिर्न सकिने दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिए । अहिलेको प्रविधिअनुसार विद्युतको वेवसाइट तथा मोवाईल एपहरुबाट ईसेवा, बैंकहरु, सिटी एक्सप्रेस, पे प्वइन्ट, आइएमई पे, खल्ती र आईपे आदि एपहरुबाट सहजै बत्तीलगायतका महशुल तिर्न सकिने बारे स्थानीय स्तरमा जानकारी गराइएकाे छ ।
थामीचागुका नागरिकहरुलाई विद्युतको महशुल तिर्न सिंगटी धाउनुपर्ने समस्यालाई मध्यनजर गर्दै सोही स्थानमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकाल, लेखा प्रमुख माधव प्रसाई, विगु–८, का वडाअध्यक्ष हिरा (धनवीर) थामी, कालिञ्चोक माविका प्रधानाध्यापक लगायत शिक्षकहरु, नेपाल पत्रकार महासंघ दाेलखा शाखाका सचिव दिल बहादुर केसी, पत्रकार जीवन लामा, थामीचागुका अभिभावक, कक्षा ९ र १० का विद्यार्थीहरु उपस्थित रहेका थिए ।

सचेतना कार्यक्रममा लेखा प्रमुख माधव प्रसाईले हातहातमा आएकाे प्रविधिकाे कसरी प्रयोग गर्ने भनेर जानकारी दिए ।  प्रविधिमा अभ्यस्त हुन नसकेकाहरूका लागि थामीथागूमा रहेको मिलीजुली सहकारी र साङ्बामा रहेको जनसचेतन सहकारीको सेवा केन्द्रमार्फत पनि भुक्तानी गर्न सक्ने व्यवस्था गरेकाले थप सहजीकरण गर्ने बताए ।
प्राधिकरणकाे मिटर रिडिङ भएकाे मितिले ७ दिनभित्र महशुल भुक्तानी गरेमा दुई प्रतिशत छुट पाईने र १२, १३ दिनभित्र भुक्तानी गरेमा जरिवाना नलाग्ने जानकारी समेत दिएका थिए ।
घरघरमा विद्युत पुगेपछि कसरी प्रयाेग गर्ने, कसरी दुर्घटना हुन्छ, कसरी सुरक्षित हुने, विद्युतीय चुल्होकाे प्रयोग लगायतबारेमा समेत अन्तरक्रिया भएको थियो । यस्ता खालको सचेतना कार्यक्रम विद्युत प्राधिकरण दोलखाको पहिलो हो ।

याे पढ्न छुटाउनु भयाे की ?

नव निर्मित स्वास्थ्य चाैकि भवन पालिका अध्यक्ष कार्कीद्वारा उद्घाटन

Kedar Dahal

नव निर्मित पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा गृह मन्त्री श्रेष्ठ आउने

Friendship Khabar

सबै मिले मात्र विकास सम्भव:-मन्त्री चौधरी

Friendship Khabar