फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कृषि गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

उद्यमी कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि सम्झौता

नवीनकुमार खतिवडा 

चरिकोट/दोलखाको तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिका ले आफ्नो पालिका भित्रका उद्यमी  कृषकहरूलाई सहुलियतपुर्ण कर्जा प्रवाहको लागि विभिन्न बैंकहरु संग सम्झौता गरेका छन।

सहुलियतपूर्ण कर्जाका लागि बिहिवार सदरमुकाम चरिकोटमा तामाकोसी गाउँपालिका,मेलुङ गाउँपालिका र हिमालयन बैंक,प्रभु बैंक अनि लक्ष्मी सनराइज बैंक बिच संयुक्त रुपमा हस्ताक्षर गरिएको छ।हस्ताक्षरमा तामाकोसी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसि,उपाध्यक्ष सिर्जना खड्का सुवेदी,मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकर,उपाध्यक्ष गायत्री आचार्य र तीन वटै बैंकका प्रमुख तथा प्रतिनिधि बीच हस्ताक्षर भएको हो।
तामाकोशी र मेलुङ गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न शिक्षित बेरोजगार महिला तथा युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशवाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन,महिला उद्यमशील क्षमताको -विकास गर्न,दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण एवं प्रवर्धन गरी उद्यमशिलता विकास गर्न वित्तिय पहुँच विस्तार गर्दै प्रभु बैंक लिमिटेड र तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिकाको सहकार्यमा यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उदेश्यले सम्झौता गरिएको हो।

तामाकोसी गाउँपालिका,मेलुङ गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित कृषि तथा पशु व्यबसाय प्रवर्द्धन कार्यक्रम अन्तरगत असल शासन समन्वय समिति दोलखा र सामुदायिक विकास मञ्च नेपाल दोलखाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।

असल शासन समन्वय समिती दोलखाका अध्यक्ष दिपक बस्नेतको अध्यक्षतामा भएको सम्झौता कार्यक्रममा तामाकोसी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसि,मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकर,तामाकोसी गाउँपालिका उपाध्यक्ष सिर्जना खड्का सुवेदी,मेलुङ गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य,हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रकाश कटवाल,बैंक तथा बित्तीय संस्थाका प्रमुख लगाएतले कार्यक्रमको बारेमा आफ्नो धारणा तथा शुभकामना मन्तव्य राख्नुभएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

भिर बाट लडेर वृद्धको मृत्यु

Friendship Khabar

१०औं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि जिरी नगरपालिकाकाे हातमा

Kedar Dahal

माओवादी केन्द्र काब्रेको कार्यालय उद्घाटन दर्जनौं नेता कार्यकर्ता प्रवेश

Friendship Khabar