फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ शिक्षा

आन्दोलनरत शिक्षकलाई बार्ता आउन पुन: सरकारकाे प्रेस विज्ञप्ति

केदार दहाल

काठमाडौं /शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक–कर्मचारीको प्रतिनिधित्व हुनेगरी भोलि मिति (२०८१–१२–२७) गतेका दिन उपस्थित भइ वार्ता र संवादका लागि नेपाल शिक्षक महासंघलाई पुनःआमन्त्रण गरेकाे छ ।

मन्त्रालयका प्रवक्ता (सहसचिव) शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै भोलिका लागि वार्तामा बोलाएका हुन्। यसअघि पनि मन्त्रालयले यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि शिक्षक कर्मचारीका प्रतिनिधिहरूलाई वार्तामा बोलाएको थियो। तर शिक्षा विधेयक पारित गरेर शिक्षा ऐन जारी गर्नु नै एक सूत्रीय माग भएकोले वार्तामा बस्नुको कुनै औचित्य नभएको महासंघले बताउँदै आएको छ। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा गत माघ २० गतेदेखि सुरु भएको आन्दोलन एक हप्तादेखि काठमाडौँमा सडक आन्दोलन जारी छ।

याे पढ्न छुटाउनु भयाे की ?

नेपालको राजनैतिक इतिहास र केपी ओलीको ऎतिहासिक भुल

Friendship Khabar

ऐनको परिधिभित्र रहेर सहकारी संचालन गर्न सचीव पुडासैनीको अनुरोध

Friendship Khabar

राष्ट्र, स्वास्थ्य र विकासकाे लागि खेलकुद भन्ने मुल नाराका साथ जिरी च्याम्पियनसिप २०८० भाेलिबाट शुरु

Kedar Dahal