फ्रेण्डसिप खबर
समाचार

एस.एस.एस फाउन्डेसन द्वारा वैतेश्वरका विद्यार्थीहरूलाई झोला बितरण

बैतेश्वर / राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्ब अध्यक्ष पशुपती शम्शेरको आर्थिक सयोगमा बैतेश्वरका दुई विद्यालयमा अध्ययनरत करिब ४०० विद्यार्थीहरूलाई स्कुल झोला बितरण गरिएको छ ।

वरिष्ठ कलाकार तथा SSS Foundation का अध्यक्ष मदन दास श्रेष्ठ र दोलखाका समाजसेबि तथा युबा नेता सोबित उप्रेती को पहलमा वैतेश्वर गाउँपालिका वडा न ६ स्थित वैतेश्वर मा. बि र बुस्ती आधारभुत विद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई ४०० थान स्कुल झोला वितरण गरिएको हो ।

आज एक औपचारिक कार्यक्रमका विच रा.प्र.पा का पुर्ब केन्द्रिय सदस्य शुन्दर प्रकाश खड्का र रा प्र पा जिल्ला अध्यक्ष राजन शिवाकोटी द्वारा सम्बन्धित विद्यालयमा उपस्थित भई झोला वितरण गरिएको छ । झोला वितरण पछि बालबालिकालाई अध्ययनमा सहयोग पुग्ने रा.प्र.पा प्रदेश “क”अध्यक्ष भरत उप्रेती ले बताए ।उक्त झोला वितरण कार्यक्रममा मा रा.प्र.पा प्रदेश “ख” का अध्यक्ष कुमार कार्की, माहधिबेशन प्रतिनिधि हिरा काजी घिशिङ,राजिब भुजेल,दिप राज भुजेल,रा.प्र.पा वैतेश्वर गा पा अध्यक्ष कुमार अधिकारि लगायतको उपस्थित थियो ।

यस्तै एसएसएस फाउन्डेसन द्वारा अब दोलखाका ८ वटा विद्यालयमा अध्ययनरत करिब २१ सय छात्रछात्रा लाई विद्यालय झोला बितरण गर्ने कार्यक्रम छ ।

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वरको मतदाता १७ हजार बढि,वडा नं ३ मिर्गे पहिलो

Friendship Khabar

नेकपा एकीकृत समाजबादी वैतेश्वरको अधिवेशन, अध्यक्षमा टहल खड्का

Friendship Khabar

नेकपा एस द्वारा उपाध्यक्ष केसिलाई निष्कासन

Friendship Khabar