बैतेस्वर गाउँपालिकामा लामो समय हुँदा पनि अनलाईन मार्फत संकलन हुने कर तथा राजस्व संकलन गर्नको लागि विकास गरिएको सुत्र प्रणाली Sutra Revenue Module संचालनमा आउन सकेको छैन । मिति २०८२ असार ३१ गते देखि बन्द भएको यस अनलाईन प्रणाली आज सम्म संचालनमा आउन सकेको छैन ।

बैतेस्वर गाउँपालिकाले मिति २०८२ साल सावन २ गते एक सुचना जारी गर्दै पालिकाको वडाहरुमा संचालनमा रहेको यस सुत्र प्रणाली अद्दवाधिक र विकास गर्नको लागि भन्दै मिति २०८२ असार ५ गते सम्म नचल्ने जानकारी गरिएको थियो । सावन ५ गते सम्म नचल्ने भने पनि आज सम्म पनि यस प्रणाली सुचारु भएको छैन । यस प्रणाली सुचारु नहुँदा नागरिकले वडामा तिर्नु पर्ने भुमि कर तिरो , सम्पत्ति कर , घरधुरी कर , जग्गा भाडा कर र घर भाडा कर जस्ता कुनै पनि कर तथा राजस्व भुक्तानि गर्न पाएको छैन । लामो समय सम्म यस प्रणाली संचालनमा नआउँदा नागरीकले भने सास्ति व्यहोर्नु परेको छ । नागरिकहरुले विभिन्न प्रयोजनको लागि भुमि कर , घरभाडा कर , जग्गा कर जस्ता राजस्व पालिका तथा वडामा बुझाउने गर्दछ । यसरी समयमा नै सुत्र प्रणाली राजस्व संकलन अनलाईन सिस्टम नचल्दा ठुलो क्षति व्यहोर्नु परेको यस पालिकाका नागरिकहरुले गुनासो गर्नु भएको छ ।

बैतेस्वर गाउँपालिका छवि लामा संग यस विषयमा सम्पर्क गर्दा अपडेट भै राखेको जानकारी प्राप्त भएको छ भने पालिका MIS प्रमुख दिल बहादुर श्रेस्ठका अनुसार केन्द्रीय विभागबाट नै यस सिस्टमको अपडेट गरिदिने भएको र केन्द्रबाट प्राथमिकता साथ काम गरि नदिदाँ लामो समय सम्म यस्तो समस्या आएको र आज हुन्छ भोलि हुन्छ भनि आस्वासन दिने गरेकोले आफु पनि यस विषयमा हैरान भएको बताउनु भयो र केहि दिन समय लाग्ने जानकारी दिनु भयो । वडा अध्यहरु भने यस विषयमा आफुहरुलाई कहिले सम्म चल्छ भन्नेको केहि थाहा नभएको अनविज्ञ रहेको बताउनु हुन्छ ।