फ्रेण्डसिप खबर
गृह पृष्ठ राजनीति लुम्बिनी प्रदेश

नेकपा (एस) निकट सुकुम्बासी संगठनद्धारा उपमहानगरको ध्यानाकर्षण

बुटवल, माघ २२ । नेकपा एकिकृत समाजवादी निकटको नेपाल भुमिहिन तथा सुकुम्बासी संगठन रुपन्देहीले सुकुम्बासी समस्या समाधानका लागि काम अघि बढाउन बुटवल उपमहानगरको ध्यानआर्कषण गराएका छन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति गठन भइसकेकाले बुटवल क्षेत्रमा भएका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि आवश्यक प्रक्रिया थाल्न माग गर्दै संगठनले उपमहानगरको ध्यानआर्कषण गराएको हो ।

बुटवल उपमहानगरका उपप्रमुख गोमादेवी आचार्यलाई संगठनका प्रदेश सदस्य तथा रुपन्देही इन्चार्ज हिकबहादुर दर्लार्मीले ध्यानआर्कषणपत्र बुझाएको हो ।

बुटवल उपमहानगर सहित जिल्लाभरि नै स्थानीय तहहरुको आफूहरुले ध्यानआर्कषण गराउँदै सुकुम्बासी समस्या समाधानका लागि ध्यानआर्कषण गराएको संगठन रुपन्देही उपाध्यक्ष यमबहादुर सुनारले बताए । यसअघि संगठनले तिलोत्तमा नगरपालिकाको पनि ध्यानआर्कषण गराएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

नेता कँडेल एमाले परित्याग गर्दै नेकपा एसमा समाहित

Friendship Khabar

शिक्षक संगठन अध्यक्षमा कार्की र बुद्धिजीवी परिषद मा दहाल

Friendship Khabar

जसपा जिल्ला कोषाध्यक्ष सहित नेकपा एसमा प्रवेश

Friendship Khabar