फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य बागमती प्रदेश समाचार

राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश

३०–पुस, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको छ ।

बैंकको १८ औं वार्षिक साधारणसभा सकिएकै दिन शुक्रवार बैंकले लाभाशं सदस्य संघ संस्थाको खातामा पठाएको हो । साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरे लगत्तै बैंकले खातामा रकम पठाएको अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिनुभयो, आज साधारणसभा सकिदैछ, लाभाशं पनि आजै सहकारीहरुको खातामा पठाएका छौ, उप्रेतीले भन्नु भयो । बैंकले यस पटकको साधारणसभा भौतिक उपस्थितिका विच एकाईगत रुपमा ७ वटै प्रदेशमा गरेको थियो । एकाई प्रतिनिधिहरुको साधारणसभा शुक्रवार सम्पन्न भएको र शुक्रवार नै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको हो । बैंकले गत आर्थिक वर्ष ०७७/०७८ मा रु ३९ करोड ९५ लाख रुपैया लाभाशं वितरण गरेको छ, सहकारी बैंकले विगत ४ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूंजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश नगरीएको बैंकले जनाएको छ, बैंकले शुक्रवार नै एक विज्ञप्ती प्रकाशित गरी बैंकसंग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेको छ। बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पूंजीफिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ, बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पूंजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउदै आएको छ । संरक्षित पूंजीफिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताउनुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

जिसस दोलखामा गठबन्धन विजयी

Friendship Khabar

अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न मन्त्री चौधरीको सक्रियता

Nabin Kumar Khatiwada

वडा अध्यक्ष चौलागाईं द्वारा किसानलाई आर्थिक सहयोग

Nabin Kumar Khatiwada