फ्रेण्डसिप खबर
गृह पृष्ठ लेख तथा रचना

कसलाई पत्रकार मान्ने!!

इश्वर दाहाल

बेलाबेलामा को पत्रकार कस्को पत्रकार र कुन दर्जाको भन्ने विषयमा पत्रकारिता गर्नेहरुमा छलफल हुदै आएको छ तर खास यसको यहीँ नै प्रष्ट जवाफ र निष्कर्षमा भने पुग्न सकिदैन । तर यो बहसको पेचिलो विषय हो जस्तो लाग्छ यद्यपि यिनै कुराहरुको विषय उठाउने हरु नेतृत्वमा पुग्दा यी विषयहरू त्यतिकै ओझेलमा पर्छन् ।
दैनिक पेसागत रुपमा पत्रकारिता गर्नेको त खासै चर्चा नै हुदैन उनिहरुको दर्जाको त कुरै छाडौं । दिनभरि रेडियोमा समाचार पढ्नेहरू, समाचारमा जनआवाज लिन गल्ली गल्ली चोकमा रेकर्डर लिएर अन्जान मानिस सँग जनआवाज लिनेका अनुभवले त पत्रकारको दर्जा नै पाउदैनन् उनिहरुका समाचारले स्पेस पनि खासै पाउदैन झनै तलबको कुरा त के गर्नु खाना खाय खाजा खान पुग्दैन तै पनि मिडिया हाउसले कहि नपाएर काम गर्न आएजस्तो व्यबहार गर्छन यसले श्रमजीवी पत्रकारहरु पेसागत रुपमा टिक्न सकस परेको छ । आज बजारमा रेकर्डर लिएर निस्केका र दैनिक रेडियोमा आवाज बेचेका साथै एउटा उर्जावान उमेर खर्चेकाहरुले कहिल्यै राष्ट्रिय मिडियाको आँखामा पर्दैन र जिल्लाको संवाददाता समेत बन्न मिडियाले उनिहरुलाइ प्रथामिकता दिदैन अनि यो खालको परिपाटीमा एउटा सामान्य पत्रकारले कसरी पेसामा निरन्तरता दिन सक्छ लहडमा पत्रकार हुने र बाध्यतामा छाड्ने पेसा पत्रकारिता बन्दै गएको छ । १० वर्ष रेडियोमा सक्रिय पत्रकारिता गर्दै आएकाहरु अहिले सामान्य १५/२० हजार पारिश्रमिक कै लागि गर्दै आएको पत्रकारिताको बिट मार्न पुग्नु सार्है पिडादायि स्थिति छ । यस्ता तमाम समस्याको विषयमा न पत्रकारको साझा संगठन मानिएको पत्रकार महासंघ बोल्छ न पार्टीका भातृ पत्रकार संगठन नै नेतृत्वमा एजेन्डा बनाउछन अनि कसरी एउटा तल्लो लेबलको पत्रकार पेसागत रुपमा टिकि रहन सक्छन् त यो आम पत्रकारको बहसको विषय बन्नु पर्दैन ।

अहिले अनलाइन न्युज पोर्टल हुनेहरु चाहि खाँटि पत्रकार जस्तो गरिरहेका छन न त्यो अनलाइन सुचना बिभागमा दर्ता हुनुपर्छ न इजाजतपत्र नै लिनुपर्छ आधिकारिक होस् न होस सामान्य लिङ्क बन्ने वित्तैकै एक दुईवटा सनसनी पुर्ण समाचार हालेर नक्कली भ्युज देखिने अनलाइन सञ्चालन गर्ने नै सकली पत्रकार हुन त ..! यो विषयमा बहस हुनु जरुरी छ अर्काथरि जिल्लामा राष्ट्रिय मिडियाको संवाददाता हुनेवाला चाहि बरिस्ठ र अग्रज पत्रकार हुने र एउटा समाचारको स्रोतलाई अर्कै बनाउने र सत्य तथ्य कुरा मिडियामा ल्याउनु भन्दा पहिले नै समाचार लेख्दै छु यस्तो लेख्छु यसरी लेखेर भोलि तिम्रो चरित्र नै सखाप पार्छु यति दिने भए देउ नत्र फेरि भनेर थर्काउने धम्काउने हरु पो अहिले खोज पत्रकार बनिरहेका छन यसले पत्रकारिताको आचारसंहिताको धज्जि उडाएको कस्ले नियन्त्रण गर्ने र पेसागत मर्यादा कस्ले कायम गर्ने यस्तो पत्रकारिताको विकासले कस्तो जवाफदेहिता र पारदर्शिता साथै आम नागरिकको सुचनाको हकलाइ सुसूचित पार्ला ।
लेखक नेपाल युवा परिषद दोलखाको अध्यक्ष समेत हुनुहुन्छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दैनिक सवारी दुर्घटना बढ्न थालेपछि खावा सडकमा सूचना बोर्ड

Friendship Khabar

प्रधानमन्त्री प्रचण्ड पत्नीको निधन, दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने

Kedar Dahal

नेकपा एस जिरी र तामाकोसीको अधिवेशन, नयाँ नेतृत्व सहित सम्पन्न

Friendship Khabar