फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

पानी सफा गर्न ट्याङ्कीमै क्लोरिन

दोलखा ÷ जिल्लाको शैलुङ गाउँपालिका वडा नं. ४ चिना खोरियाको दुर्गम २२ घरधुरीमा आधुनिक मिटर जडित धारा जडान भए । हरेक घरका धारामा मिटर जडित धारा जोडिएको शैलुङ गाउँपालिकोको यो पहिलो होइन ।

हरेक घरमा शुद्ध पानी वितरण गर्ने उदेश्यका साथ शैलुङ गाउँपालिकाले एक घर एक धारा अन्र्तगत मिटर सहितको यस्ता १० आयोजनाको ११ सय घरका धारामा जडान गरेको छ । घरघरमै धारा पाएपछि सो स्थानका स्थानीयहरू खुसी भएका छन् ।

शैलुङ गाउँपालिका वडा नं. ३, ४ र ५ नं. वडामा मिटर सहितका धारा जडान गरेको हो । यसलाई गाउँपालिकाले थप ८ हजार घरका सबैमा धारा पु¥याउने लक्ष्यका साथ हरेक घरघरमा स्वच्छ पानी पु¥याउने शैलुङ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले बताए ।

घरघरमा धारा पुगेपछि सबैभन्दा बढी खुशी गृहिनीहरु भएका छन् । घण्टौं हिडेर पिउन, लुगा धुन र गाई वस्तुलाई दिन पानी ल्याउनु पर्ने बाध्यता महिलाहरुका लागि हटेको छ । अब पानी लिन जाने समयमा अतिरिक्त काम गर्न समेत समय हुने भएको छ । धारामा मिटर जोडेपछि मिटर घुमेको आधारमा कति पानी प्रयोग गरेको थाहा हुने छ । शैलुङ गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष झम्क कार्कीले यसले चाहिनेभन्दा बढी पानी खेर नजाने बताए ।

 स्थानीयको घरघरमा धारा पुर्‍याउन स्थानीय पनि सक्रिय रुपमा काम गरेका छन् । मुहानको संरक्षण र वितरण ट्याङ्की समेत निर्माण गरिएको छ । यस अभियानमा हातेमालो गर्न सामुदायिक विकास मञ्च जस्ता गैर सरकारी संस्थाले समेत सहयोग गरेका छन् ।

गाउँपालिका भित्र यस्ता १० योजनाबाट ल्याएका अधिकाँश पानी प्राकृतिक रुपमै पिउन योग्य छन् । तर केही मुहानको पानी सोझै पिउन योग्य नभएपछि पानीको ट्याङकीमै क्लोरिनको छुट्टै ट्याङ्की राखेर पानी सफा बनाउने प्रणाली राखिएको सामुदायिक विकास मञ्चका कार्यकारी निर्देशक प्रेमप्रसाद अधिकारीले बताए । यसले हरेक घरमा स्वच्छ पानी झर्छ । वाटर एडको सहयोगमा शैलुङ गाउँपालिकामा १० आयोजना एउटै डिजानमा बनेका छन् ।

खानेपानीका लागि सरकारी तथा गैर सरकारी क्षेत्रबाट लामो समयदेखि लगानी हुँदै आएको छ । तर सामुहिक रुपमा राखिएका धारा प्रभावकारी हुन नसकेको र मर्मत संभारमा समेत समस्या हुने भएपछि अहिले एक घर एक धाराको अभियान सुरु गरेको हो । धाराको नियमित रेखदेख र मर्मत संभारका लागि सजिलो होस् भनेर उपभोक्तासँग मासिक शुल्क समेत लिने तयारी गरेको छ । चिनाखोरियाका उपभोक्ता कृष्णबहादुर भुजेलले अब योजना अनुसार नै पानी व्यवस्थापन गर्ने बताए ।

स्वास्थ्यका लागि स्वस्थ पानीको आवश्यकता पर्छ । हाम्रो गाउँ घरमा स्वस्थ पानीकै अभावमा विभिन्न रोग लाग्ने गरेका छन् । त्यसमा पनि दुर्गम गाउँहरुमा यसको समस्या विकराल छ । सरकारी तथा गैरसरकारी साझेदारीमा बनेका यस्ता योजनाबाट स्वस्थ पानी आपूर्ती गरी नागरिक स्वस्थ राख्न ध्यान दिनु पर्छ । घरघरमा पनीको सुविधा पुगे पानीका लागि घण्टै लाइन बस्नु पर्ने र हिड्नु पर्ने समस्या समाधान भ एबचेको समय उत्पादनमूलक काममा लगाउन सकिन्छ भने करेसाबारी समेत हरियाली हुनेछन् । सरसफाइ मार्फत स्वस्थ रहन समेत मद्दत गर्छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दाेलखा जिल्ला स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड आजदेखि सिङ्गटीमा शुरु

Kedar Dahal

जनसचेतनद्वारा धितो लिलामी

Nabin Kumar Khatiwada

एमाले कैलाली जिल्ला सल्लाहकार सहित ५ जनाले रोजे नेकपा एस

Friendship Khabar