फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

पानी सफा गर्न ट्याङ्कीमै क्लोरिन

दोलखा ÷ जिल्लाको शैलुङ गाउँपालिका वडा नं. ४ चिना खोरियाको दुर्गम २२ घरधुरीमा आधुनिक मिटर जडित धारा जडान भए । हरेक घरका धारामा मिटर जडित धारा जोडिएको शैलुङ गाउँपालिकोको यो पहिलो होइन ।

हरेक घरमा शुद्ध पानी वितरण गर्ने उदेश्यका साथ शैलुङ गाउँपालिकाले एक घर एक धारा अन्र्तगत मिटर सहितको यस्ता १० आयोजनाको ११ सय घरका धारामा जडान गरेको छ । घरघरमै धारा पाएपछि सो स्थानका स्थानीयहरू खुसी भएका छन् ।

शैलुङ गाउँपालिका वडा नं. ३, ४ र ५ नं. वडामा मिटर सहितका धारा जडान गरेको हो । यसलाई गाउँपालिकाले थप ८ हजार घरका सबैमा धारा पु¥याउने लक्ष्यका साथ हरेक घरघरमा स्वच्छ पानी पु¥याउने शैलुङ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले बताए ।

घरघरमा धारा पुगेपछि सबैभन्दा बढी खुशी गृहिनीहरु भएका छन् । घण्टौं हिडेर पिउन, लुगा धुन र गाई वस्तुलाई दिन पानी ल्याउनु पर्ने बाध्यता महिलाहरुका लागि हटेको छ । अब पानी लिन जाने समयमा अतिरिक्त काम गर्न समेत समय हुने भएको छ । धारामा मिटर जोडेपछि मिटर घुमेको आधारमा कति पानी प्रयोग गरेको थाहा हुने छ । शैलुङ गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष झम्क कार्कीले यसले चाहिनेभन्दा बढी पानी खेर नजाने बताए ।

 स्थानीयको घरघरमा धारा पुर्‍याउन स्थानीय पनि सक्रिय रुपमा काम गरेका छन् । मुहानको संरक्षण र वितरण ट्याङ्की समेत निर्माण गरिएको छ । यस अभियानमा हातेमालो गर्न सामुदायिक विकास मञ्च जस्ता गैर सरकारी संस्थाले समेत सहयोग गरेका छन् ।

गाउँपालिका भित्र यस्ता १० योजनाबाट ल्याएका अधिकाँश पानी प्राकृतिक रुपमै पिउन योग्य छन् । तर केही मुहानको पानी सोझै पिउन योग्य नभएपछि पानीको ट्याङकीमै क्लोरिनको छुट्टै ट्याङ्की राखेर पानी सफा बनाउने प्रणाली राखिएको सामुदायिक विकास मञ्चका कार्यकारी निर्देशक प्रेमप्रसाद अधिकारीले बताए । यसले हरेक घरमा स्वच्छ पानी झर्छ । वाटर एडको सहयोगमा शैलुङ गाउँपालिकामा १० आयोजना एउटै डिजानमा बनेका छन् ।

खानेपानीका लागि सरकारी तथा गैर सरकारी क्षेत्रबाट लामो समयदेखि लगानी हुँदै आएको छ । तर सामुहिक रुपमा राखिएका धारा प्रभावकारी हुन नसकेको र मर्मत संभारमा समेत समस्या हुने भएपछि अहिले एक घर एक धाराको अभियान सुरु गरेको हो । धाराको नियमित रेखदेख र मर्मत संभारका लागि सजिलो होस् भनेर उपभोक्तासँग मासिक शुल्क समेत लिने तयारी गरेको छ । चिनाखोरियाका उपभोक्ता कृष्णबहादुर भुजेलले अब योजना अनुसार नै पानी व्यवस्थापन गर्ने बताए ।

स्वास्थ्यका लागि स्वस्थ पानीको आवश्यकता पर्छ । हाम्रो गाउँ घरमा स्वस्थ पानीकै अभावमा विभिन्न रोग लाग्ने गरेका छन् । त्यसमा पनि दुर्गम गाउँहरुमा यसको समस्या विकराल छ । सरकारी तथा गैरसरकारी साझेदारीमा बनेका यस्ता योजनाबाट स्वस्थ पानी आपूर्ती गरी नागरिक स्वस्थ राख्न ध्यान दिनु पर्छ । घरघरमा पनीको सुविधा पुगे पानीका लागि घण्टै लाइन बस्नु पर्ने र हिड्नु पर्ने समस्या समाधान भ एबचेको समय उत्पादनमूलक काममा लगाउन सकिन्छ भने करेसाबारी समेत हरियाली हुनेछन् । सरसफाइ मार्फत स्वस्थ रहन समेत मद्दत गर्छ ।

याे पढ्न छुटाउनु भयाे की ?

शिक्षा ऐन विरुद्ध नेपाल शिक्षक महासंघको नेतृत्वमा राहत शिक्षक सहितको आन्दोलन, आन्दोलनको मिति भाेलि सार्वजनिक हुने

Friendship Khabar

तामाकोसीकाे छैटौं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि सितापाइला माविलाई

Kedar Dahal

हनुमन्तेश्वरमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित

Friendship Khabar