फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ

रोमानिया जानेको लागि ताहाचलमा रोमानियन मिशन स्थापना

काठमाडौं/श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने कामदारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा अस्थायी रोमानियन मिशन स्थापना गरेको छ । रोजगारीका लागि रोमानिया जाने कामदारको आवश्यक भीषा प्रकृयालाई सरल, सहज र पहुँचयोग्य बनाउन मन्त्रालयले ताहाचलमा अस्थायी रोमानियन मिशन स्थापना गरेको हो ।
मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मिशन स्थापना गरेको जानकारी गराएको छ । यसअघि रोमानिया जाने नेपालीहरुले उताबाट रोजगारीको लागि सम्झौता पाइसकेपछि भीषा प्राप्तिका लागि आवेदन दिन छिमेकी मुलुक भारतमा रहेको रोमानियन राजदूतावासमा जानुपर्ने अवस्थाका कारण धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अतिरिक्त समय र पैसा खर्च हुने गरेको थियो । यस्ता खालका गुनासोलाई सम्बोधन गर्न सम्बद्ध निकायको समन्वयमा नेपाली नागरिकहरुले रोमानियामा प्राप्त गरेका रोजगारीहरु गुम्न नदिन र रोमानिया प्रवेशको लागि सहज बनाउन मिशन स्थापना गरिएको मन्त्रालयको  विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त मिशनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहाने नेपाली नागरिकहरुको भीषा आवेदन प्रकृयाको सहजिकरण गर्नेछ । रोमानियन मिशनले प्रवाह गर्ने सेवा प्रकृयामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ । नेपालबाट रोमानियामा वैदेशिक रोजगारीको सन्दर्भमा जान चाहने नेपाली नागरिकहरुले नेपालमा अस्थायी रुपमा स्थापना गरिएको रोमानियन मिशनले तोकेको भीषा शुल्कबाहेक कहिँकतै कुनै प्रकारको रकम नबुझाउन, वा अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न सम्बद्ध सबैमा मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।
साथै, रोमानियन अधिकारीहरुसँग चिनजान छ भनी वा अन्य कुनै प्रकारबाट नेपाली नागरिकलाई प्रलोभनमा पारी कुनै प्रकारबाट ठगी गरेमा वा रकम असुल गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने भएको हुँदा कसैले पनि यस्ता गैरकानूनी कृयाकलापमा संलग्न नहुन र कोही यस्ता गैरकानूनी कृयाकलापमा संलग्न भएको सूचना कसैसँग भएमा यस मन्त्रालयमा रहेको कल सेन्टर १६६००१५०००५ वा ११४१ मा सम्पर्क गरी त्यस्तो सूचना दिनुहुन मन्त्रालय हार्दिक आव्हान समेत गर्दछ । सूचना दिनुहुने व्यक्तिको पहिचान भने पूर्ण रुपमा गोप्य रहनेछ ।

याे पढ्न छुटाउनु भयाे की ?

बर्मा लामा दोलखा २ मा ठुलोे अन्तरले जित निकाल्ने दावी

Friendship Khabar

सांसद रिजालद्वारा निर्वाचन खर्च सार्वजनिक

Friendship Khabar

मन्त्री परिषदबाट स्वीकृत “शिक्षा ऐन २०८०” का विरुद्धमा शिक्षकहरु धर्नामा

Friendship Khabar