फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ राजनीति

विशाल र देवीले शुरू गरेका महत्त्वका याेजना पूरा गर्छुः गंगा कार्की

दाेलखा/नेकपा माओवादी केन्द्रका पाेलिट्व्यूराे सदस्य तथा प्रतिनिधि सभाका दाेलखामा सत्ता गठबन्धनका साझा उम्मेदवार गंगा कार्कीले माओवादीका तर्फबाट मन्त्री हुँदा देवी खड्का र विशाल खड्काले सुरु गरेका महत्त्वपूर्ण याेजनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे

सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले यस्तो बताएका हुन् ।जिरी ताल लगाएत दाेलखाका महत्व राख्ने सडकहरू स्तराेन्नती र कालाेपत्रे गरि विशाल खड्का मन्त्री भएका बेला सुरू भएका छन्´ उनले भने ´छाेटाे समय देवी खड्का मन्त्री हुँदा पनि खाडीचाैर-जिरी सडक विस्तार पहल भयाे, पुलहरू हालिए तिनीहरू अहिले सकिन लागे कति पूरा भए ।´
लामाबगर लप्ची जाने सडक देवि खड्का मन्त्री हुँदा डिपिआर भएर सुरू भएकाे थियाे तर त्यसपछि अलपत्र छ । याे सडक पूरा गर्ने र चिनसँगकाे नाका खाेल्ने, अलपत्र फिल्मसिटी, शैलुङ र राेल्वालिङमा पर्यटन प्रबर्द्धन गर्न पूर्वाधार निर्माण गर्ने, म्याग्नेसाइट उद्योग पुनः सञ्चालनमा ल्याउने, खिम्ती खाेला जलाशययुक्त जलविद्युत आयाेजनाफर तामाकोसी तेस्रो, तामाकोसी पाँचौ लगाएतका जलविद्युत आयोजना निर्माण गर्ने मुख्य याेजना रहेको बताए ।
नेकपा एकीकृत समाजवादी दाेलखाका अध्यक्ष भिमप्रसाद दाहालले गठबन्धनको केन्द्रीय ढाँचा अनुसार आफ्नो पार्टीको उम्मेदवार नभए तापनि गठबन्धनप्रति पूर्ण बफादार रहेको बताए ।
प्रदेश तर्फ नेपाली काँग्रेसका उम्मेदवार छन् । काँग्रेस केन्द्रीय सदस्य तथा दाेलखा प्रदेश क क्षेत्रका उमेदवार कुन्दनराज काफ्लेले जिल्लाकाे साझा प्रतिबद्धता पत्र अनुसार नै आफूले काम गर्ने बताए ।

नेपाली काँग्रेस दाेलखा सभापति तथा प्रदेश ख का उमेदवार वर्मा लामाले ३० वर्षसम्म एमालेले झुक्याउने काम मात्र गरेकाले काम गर्न आफ्नो उम्मेदवारी भएको बताए । एमालेमा ठूला नेता हार्ने डरले मैदान छाडेर पैसाकाे बलमा चुनाव जित्नेभन्दै व्यापारीलाई उम्मेदवार बनाएको बताए । गठबन्धनले कार्तिक १३ गतेदेखि चुनावी कार्यक्रम गर्ने घाेषणा गरेकाे छ । निर्वाचन परिचालनका लागि काँग्रेस नेता जिपछिरिङ लामा नेतृत्वमा शिव भण्डारी, देवी खड्का, अजयबाबु शिवाकोटी, ताराबहादुर काेइराला, रूद्रबहादुर खड्का, गाेपाल न्याैपाने सहितको उच्चस्तरीय समिति गठन भएको छ ।
त्यस्तै माओवादी नेता विशाल खड्काको नेतृत्वमा जिल्लास्तरीय निर्वाचन परिचालन समिति, प्रदेश क मा काँग्रेस उपसभापति छवि लामा र ख क्षेत्रमा अर्जुनप्रसाद शिवाकोटीकाे नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

सुशासन र रोजगारीका सम्बन्धमा नेकपा एस दोलखाको अन्तरक्रिया

Nabin Kumar Khatiwada

निरन्तर सहयाेग गर्दै दोलखाली समाज दक्षिण कोरिया

Kedar Dahal

सुरि पुगेर काफ्लेले सोधे पार्वत दाइ तपाईंको गाउँमा मोबाईल डाटा चल्दैन त?

Friendship Khabar