फ्रेण्डसिप खबर
देश बागमती प्रदेश समाचार

सहकारीका चुनौती व्यवस्थापन गर्न ११ बुदे प्रतिबद्धता

चरिकोट/जिल्ला सहकारी संघ लि,दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ लि. र व्यवस्थापकहरुको साझा मञ्च (CMF) को संयुक्त आयोजनामा दोलखा जिल्ला भित्रका १० करोड माथि पूँजि भएका सहकारी संस्थाहरुका अध्यक्ष तथा व्यवस्थापकहरुका विच सहकारीको वर्तमान चुनौतीहरु व्यवस्थापन र कानूनी कार्यान्वयनमा एकरुपता विषयक अन्तरक्रिया कार्यक्रम आज सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला भित्रका २८ ओटा सहकारी संस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम ले ११ बुदे साझा प्रतिवद्धता समेत जारी गरेको छ । जिल्ला सहकारी संघ लि. चरिकोट, दोलखाका अध्यक्ष देवी प्रसाद शर्माको अध्यक्षता र प्रोस्कुनका महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष भुमिराज खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका बारेमा व्ययवस्थापकहरुको साझा मञ्च (CMF) का तर्फबाट दिपक बस्नेतले प्रस्तुतिकरण गर्नु भएको थियो भने उक्त प्रस्तुति माथि ईश्वर न्यौपाने र नबराज दहाल लगाएतले टिप्पणी गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

दुर्गम गाउँको उत्पादन बजारीकरणमा सारथी बन्यो सहकारी

Kedar Dahal

बहुविवाहलाई कानूनी मान्यता नदिन प्रशासन मार्फत सरकारको ध्यानाकर्षण

Nabin Kumar Khatiwada

१५ जनाको ज्यान लिएको १४ वर्ष अघिको बोत्ले घटना

Nabin Kumar Khatiwada