फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

नेकपा एस निकट जनवर्गीय संगठन द्वारा एमसीसी विरुद्ध दोलखामा प्रदर्शन

चरिकोट /नेकपा एकीकृत समाजवादीमा आबद्द जनवर्गीय संगठनहरुको आयोजनामा चरिकोटमा आइतबार  एमसीसी विरुद्द प्रदर्शन भएको छ ।

मध्यान्ह १२ बजे चरिकोट स्थित पार्टी कार्यालय बाट सुरु भएको प्रदर्शन चरिकोट बजार परिक्रमा गर्दै फर्किएर सातदोबाटो चोकमा सभामा परिणत भएको थियो।


नेकपा एकीकृत समाजबादी केन्द्रीय कमिटिको को निर्णय अनुसार देश ब्यापि जनबर्गिय संगठनले MCC को बिरोध कार्यक्रम गर्ने निर्देशन बमोजिम पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर एमसीसीको विरोध गर्ने कार्यक्रम अन्तर्गत चरिकोटमा पनि बिरोध प्रदर्शन कार्यक्रम गरिएको हो।


एमसीसी परियोजना राष्ट्रघाती हुने भएकाले नेपालमा यो कार्यान्वयन नगर्न दबाब दिने उद्देश्यले विरोधको कार्यक्रम राखिएको युवा संघ दोलखाका सहअध्यक्ष रामहरि शिवाकोटी ले जानकारी दिए।


नेकपा एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य शिव भण्डारी,केन्द्रिय सदस्य हरु गोपाल न्यौपाने,चुनु केसि,जिल्ला अध्यक्ष भिम दहाल,उपाध्यक्ष भुवन केसि,सचीव प्रोण प्रताप केसि र उपसचिव घनश्याम रिजाल सहितको उपस्थितिमा भएको  विरोध प्रर्दशनमा अनेमसंघ केन्द्रिय सदस्य संगिता पाख्रीन,जिल्ला अध्यक्ष तारा लामा,दलित मुक्ति संगठन का अध्यक्ष कुल बहादुर बिश्वकर्मा,युवा संघका दोलखाका सह अध्यक्ष  रामहरि शिवाकोटी,अनेरास्ववियु दोलखाका उपाध्यक्ष तेजस्वी बस्नेत लगाएत ले संबोधन गरेका थिए।


यसैबीच दोलखाको जिरी नगरपालिका मा पनि आज नै एम सि सि विरुद्ध प्रदर्शन गरिएको छ।नेकपा एकीकृत समाजबादी जिरिका नेता तथा कार्यकर्ता को उपस्थितिमा जिरी बजार परिक्रमा गरि प्रदर्शन गरिएको युवा संघका केन्द्रिय सदस्य तथा जिरिका युवा नेता इश्वर कार्किले जानकारी दिएका छन। 

याे पढ्न छुटाउनु भयाे की ?

शिक्षक कल्याण को हाजिर जवाफमा त्रिपूरा प्रथम

Kedar Dahal

नेकपा एसले एमसिसीको विपक्षमा मतदान गर्ने

Friendship Khabar

गठबन्धनका उम्मेद्वारलाई भारी मतले विजय गराउन शिवाकोटीको आग्रह

Friendship Khabar