फ्रेण्डसिप खबर
गृह पृष्ठ राजनीति

नेकपा एसले एमसिसीको विपक्षमा मतदान गर्ने

फाल्गुन ९/नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदमा पेस भएको एमसिसी सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ।

सोमबार बसेको समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । प्रवक्ता खतिवडाले भने ‘हाम्रो सचिवालयको बैठक चलिरहेको छ हामी संसदमा दर्ता भएको एमसीसीको विपक्षमा उभिनेछौँ । विपक्षमा उभिनका निम्ति सबैलाई भन्नेछौँ र वातावरण तयार गर्नेछौँ । यो विषय संवदेनशील भएकोले त्यहीँ छलफल होला । हामी आफ्नो पार्टीको पोजिशन स्पष्ट गर्न चाहन्छौँ । सरकारमा बस्ने र निस्किने कुरा समयले निर्धारण गर्छ ।’

संसदमा पेश भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरूलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको खतिवडाले बताए । उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताए । उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसिसीको विपक्षमा मतदान गर्ने बताए । एकीकृत समाजवादीले पहिलो पटक एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । यसैबीच महासचिव बेदुराम भुसालले जारी गरेको वक्तव्यमा नेकपा (एकीकृत समाजवादी) एमसिसी सम्बन्धी प्रस्तावको विपक्षमा रहने निर्णय गरेको भनिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एस लादुकको अधिवेशन,नेता जितविर लामा द्वारा शुभकामना

Friendship Khabar

एमाले संसद शाहको परस्त्री सँगको टिकटक भिडियो सार्वजनिक

Friendship Khabar

सामुदायिक वन दिवसको उपलक्ष्यमा कविता वाचन

Friendship Khabar