फ्रेण्डसिप खबर
आजको ताजा समाचार बागमती प्रदेश समाचार

शिक्षक कल्याण को हाजिर जवाफमा त्रिपूरा प्रथम

चरिकोट/शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था को आयोजनामा जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता सप्पन्न भएको छ।

शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि चरिकाेटकाे रजत महोत्सवको अवसरमा आयोजनामा सम्पन्न पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने विद्यालयहरुकाे जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता आज चरिकाेट स्थित द राईजिङ्ग स्टार बाेर्डिङ स्कुल मा सम्पन्न भएकाे हो । आज भएको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम– त्रिपुरा ग्लोरियम एकेडेमी भि न पा, द्वितीय – सितापाईला मावि तामाकाेशि गा पा,तृतीय – हिलेपानि संस्कृत मावि कालिञ्चाेक गा पा र सान्त्वना – कालिका मावि शैलुङ्ग गा पा भएका छन् ।

जिल्ला का सबै स्थानीय तहमा अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गत चैत्र ४ गते सम्पन्न भएको थियाे। उक्त प्रतियाेगितमा प्रथम हुने विद्यालयहरु क्रमश त्रिपुरा ग्लोरियम एकेडेमी भि न पा, कालिका मावि ठूलोपातल जि न पा, बैतेश्वर मावि बैतेश्वर गा पा, हिलेपानी संस्कृत मावि कालिन्चाेक गा पा, थम्पु मावि विगु गा पा, खारे मावि गाैरिशंकर गा पा, सितापाईला मावि तामाकाेशि गा पा,कालिका मावि फस्कू शैलुङ गा पा र सत्यश्वर मावि पवटी मेलुङ रहेका संस्थाका अध्यक्ष तारा प्रसाद पन्तले जानकारी दिनुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

१५ जनाको ज्यान लिएको १४ वर्ष अघिको बोत्ले घटना

Nabin Kumar Khatiwada

सांसद रिजालद्वारा निर्वाचन खर्च सार्वजनिक

Friendship Khabar

जातीय सदभावका लागि पञ्चेवाजा तालिम :-मेयर जिरेल

Nabin Kumar Khatiwada