फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ

“हाम्राे बजार राम्राे बजार ” यसमा जनसचेतनकाे नजर


मैनापोखरी/जनसचेतन वचत तथा ऋण सहकारी संस्था द्धारा  “हाम्रो बजार राम्रो बजार” भन्ने नाराका साथै फुलको बिरुवा र धुपीको बिरुवा रोप्ने कार्यक्रम सम्पन्न गरेकाे छ ।

”हाम्रो बजार राम्रो बजार” बनाउने उद्देश्यले दाेलखाकाे मैनापोखरी बजारमा आज सडकको बिचमा रहेको बिजुलीको पोलको डिभाइडरहरुमा संस्थाले तारको व्यवस्थित घेराबार लगाई संस्थाका अध्यक्ष, सञ्चालक समितिका पदाधिकारी, बैतेश्वर गाउँपालिका ४ र ५ नं.  वडाका वडा अध्यक्ष, मैनापोखरी उद्योग वाणिज्य संघका अध्यक्ष, संस्थाका सल्लाहकार, नेफ्स्कुनका वरिष्ठ कार्यक्रम अधिकृत र संस्थाका कर्मचारीहरुको उपस्थितिमा  वृक्षाराेपन कार्यक्रम सम्पन्न गरेकाे हाे ।

यस अघि पनि साकाेसले ११२औ अन्तरास्ट्रिय नारी दिवसको अवसरमा संस्थाको मुख्य कार्यालय मैनापोखरि बजार वरपरको फोहोर मैला व्यवस्थापन गरि वजार सफा राख्ने उदेश्यले ३० वटा डस्वीन तथा स्ट्याड वितरण गरेकाे थियाे ।

सहकारीका सात सिद्धान्तहरु मध्ये एक हाे सामाजिक दायित्व ( समुदाय प्रति चासाे ) हाे । यस सिद्धान्त बमोजिम सहकारी संस्थाहरुले आफ्ना समूदाय प्रंति र्पूण चासो राख्दछन् । समूदायका सदस्यहरु सम्मिलित भई समूदायकै सदस्यको हीतको निमित्त संचालित संस्था भएकोले समाजको विकास, विस्तार र चेतना अभिवृद्धि आदि कार्यहरुमा सहभागि भई समूदायको दिगो विकास गर्न लागि पर्दछन् । 

याे पढ्न छुटाउनु भयाे की ?

युवा सघं नेपाल द्वारा कोभिड १९ बिरुद्व जनचेतना

Friendship Khabar

मैनापाेखरि बजारमा बहुला कुकुर आतंक

Kedar Dahal

श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण

Friendship Khabar