फ्रेण्डसिप खबर
स्वास्थ्य

२४ बर्षमा फर्किएको खुसी

सिन्धुपाल्चोकको ताथली भन्ने ठाउँमा घर भई हाल दोलखाको कालिञ्चोक–५ मा बस्ने भगवती थामीको हाल पशुपति चौलागार्इँ स्मृति अस्पतालमा उपचार भैरहेको छ ।
२४ बर्ष देखी पाठेघर खसेको समस्या लिएर उनी अस्पताल पुगेकी थीइन् । २ बर्ष अघि श्रीमानको मृत्यू भएपघि आफुलाई उपचारमा सहयोग गर्ने आफन्त नभएपछि उपचारको लागि पाठेघरमा चुरा राख्ने बाहेक केही उपाय भएन । यी २४ बर्ष साह्रै पिडादायी रहेको उनी बताउँछिन ।


१ बर्ष अघि कालिञ्चोक ५ बस्ने इन्द्र बहादुर थामीले उहाँलाई बिहे गरि अपनाउने निर्णय गरेका थिए। इन्द्र बहादुरको पनि २ बर्ष अघि श्रीमतीको मृत्यू भएको थियो। घरमा आफ्नो साहारा नभएपछि उहाँहरु दुबैको मिलन भएको हो र इन्द्र बहादुरले भगवतीलाई पशुपति चौलागाई स्मृति अस्पतालमा ल्याई उपचार गराएका हुन। आर्थिक अभावको कारणले शहर गई उपचार गर्न नसक्ने उहाँहरुको अवस्था थियो।

पुर्ण रुपमा खसेको पाठेघरको निकै जटिल अवस्था भएता पनि अस्पताल प्रमुख डा.बिनोद दंगालको नेतृत्वमा सफल सफल शल्यक्रिय भएको हो । यस शल्यक्रियामा डा.प्रदिता श्रेष्ठ, डा. सुनिल मोक्तान, डा.रश्मी दाहाल, नर्स फेसी माया जिरेल र नर्स मनिषा बस्नेत संलग्न छन् ।

शल्यक्रिया सफल भएपछि भगवतीले भनिन “२४ बर्ष सम्म मैले पाठेघर खसेर मैले जटिल समस्या झेलेको थिएँ, आज मलाई पशुपति चौलागाईँ स्मृति अस्पतालले जीवन दान दिएको छ। यहाँ मैले निशुल्क उपचार गराउनुको साथै र खाना पनि निःशुल्क पाएँ जस्ले गर्दा मेरो उपचार सहज भयो।” मेरो उपचारमा सहयोग गर्नुहुने सम्पूर्ण अस्पताल टिमप्रति नै आभारी छु।
अन्त्यमा उहाँले आफुलाई जस्तै पाठेघर खस्ने समस्या भएका महिलाहरुलाई पशुपति चौलागाई स्मृति अस्पतालमा गइ निःशुल्क उपचार लिनुहुन आग्रह गर्नुभएको छ ।

भगवती थामी र इन्द्र बहादुर थामी अस्पताल को सैयामा


याे पढ्न छुटाउनु भयाे की ?

“एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत ४५७ जना नर्सका लागि अवसर

Kedar Dahal

स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धि अभिमुखिकरण

Friendship Khabar

विगुमा जनसचेतनको स्वास्थ्य शिविर,७ सय ले सेवा लिए

Friendship Khabar