फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ प्रदेश नं. २ समाचार

जनता ठगीमा नपरुन् -पूर्व प्रधानमन्त्री नेपाल

साउन १६ रौतहट /पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता बारम्बार ठगीमा पर्ने गरेको बताए । रौतहटका विभिन्न नगरपालिकाहरुमा निर्माण हुने महत्वपूर्ण सहरी पूर्वाधारहरुको शिलान्यासका क्रममा रौतहट पुगेका नेपालले गौरमा आयोजित समारोहमा सो धारणा राखेका हुन् ।

कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास भएका सबै योजनाहरु समयमै सकिने धारण राखेका थिए । सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक विकास कार्यक्रम अनुसार विनियोजित सहरी पूर्वाधार निर्माण अन्तर्गत गौर नगरपालिका –२ मा सभाहल, राजदेवी र गौर नगरपालिकाका विभिन्न सडक कालोपत्रे तथा ढलानसम्मका योजनाहरु रहेका छन् ।
गौरमा बन्ने सभाहलको अनुमानित लागत २० करोड रहेको छ । ५०० सिट क्षमताको सभा हल करिब ६ कट्ठा क्षेत्रफलमा बन्ने छ । वातानुकुलित, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी, आपतकालीन द्वारहरु, वाटर फाउन्टेन सहित सुन्दर पार्क समेत रहने छ भने २४ महिना भित्र निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ ।
त्यसैगरि गौर नपा–४ टिकुलिया मठदेखि तटबन्धसम्म र ट्रान्फर्मर चोकदेखि मुडवलवासम्म सडक कालो पत्रे तथा सडक ढलान गर्न १२ करोड, रामजानकी विवाह मण्डप निर्माणका लागि करिब ८ करोडका योजना रहेका छन् भने राजदेवी नगरपालिका १ देखि ९ सम्मका विभिन्न स्थानका सडक कालोपत्रे तथा ढलानका लागि ५ करोड छुट्याइएको छ ।
शिलान्यास समारोहमा संघीय संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्का, संघीय सांसद सरला यादव, मधेष प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभाका सदस्यहरुको विशेष उपस्थिति थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

५१ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन चार्ज, अब डोल्पामा गुणस्तरीय विद्युत आपूर्तिको बाटो खुल्यो

Kedar Dahal

अध्यक्षले सिफारिस नदिएको भन्दै सात राजनितिक पार्टीको सामुहिक विज्ञप्ती

Friendship Khabar

जिरीलाई माया गर्ने नेतामा दाहालको दावी – अध्यक्षमा शेर्पा निर्वाचित ।

Kedar Dahal