फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

जनजागरण साकाेषकाे बार्षिक साधारण सभा

केदार दहाल

मैनापोखरी/दोलखाको बैतेश्वर गाउँपालिका-३,मिर्गे स्थित जनजागरण बचत तथा ऋण सहकारी संस्था काे २४ औ बार्षिक साधारणसभा सहकारीका अध्यक्ष पवन प्रसाद दहालको अध्यक्षता तथा वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
साधरणसभामा संस्थाका सचिब रमेश प्रसाद दहालले सञ्चालक समितिकाे प्रतिवेदन,कोषाध्यक्ष पुस्कर कुमार दहालले संस्थाकाे कुल १६ कराेड ७१ लाख ९५ हजार ८ सय १बराबरकाे आर्थिक प्रतिबेदन, लेखा सुपरीवेक्षण समितिका संयाेजक साेम प्रसाद घिमिरेले लेखा प्रतिवेदन,ऋण उपसमितिका सदस्य केशव प्रसाद दहालले ऋण उपसमितिकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

संस्थाले बार्षिक साधारण सभाकाे अवसरमा पुर्व संचालक सम्मान अन्तर्गत संस्थापक अध्यक्ष पुन्य प्रसाद दहाल र संस्थापक काेषाध्यक्ष केशब प्रसाद दहाल लाई सम्मान गरेकाे छ साथै जेष्ठ सदस्य,असल ऋणी,उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट उद्यमी, उत्कृष्ट कर्मचारी, SEE तथा १०+२ उत्कृष्ट छात्रछात्रा लगायतका विधामा अाफ्ना शेयर सदस्यहरुलाई सम्मान गरेकाे छ।

कार्यक्रममा वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, दाेलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्का,कोषाध्यक्ष तेन्जिङ शेर्पा, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।
वैतेश्वर गाउँपालिकालाई आफ्नाे कार्यक्षेत्र बनाउदै संचालन मा रहेको जनजागरण साकोषले गत आर्थिक वर्ष ११ लाख ७९ हजार ७ सय ५४ रुपैया खुद नाफा गरेको छ । यसैगरी, संस्थाको शेयरपुँजी १ करोड ५३ लाख ५२ हजार ६ सय रुपैयाँ रहेको संस्थाका व्यवस्थापक प्रलाद दहालले जानकारी दिनुभयो । उहाँका अनुसार २९९३ जना शेयर सदस्य र १४०२ जना बाल बचतकर्ता गरि संस्थामा हाल ४ हजार ३ सय ९५ जना  सदस्य रहेका छन्।

याे पढ्न छुटाउनु भयाे की ?

प्रदेश स्तरीय खुला वक्तृत्वकलामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम र दाेलखाकि मेलिशा ढुङ्गेल दास्रो

Friendship Khabar

नव जनउत्थान साकोषको कुल पुजी १८ करोड

Friendship Khabar

लगातार पाँचौ पटक उपाधि उचाल्दै सहिद स्मृति आवासीय मावि जिरी

Kedar Dahal