फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

फेसिङ अ लिटल भोल्क्यानो सार्वजिक

काठमाडौँ /समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तर्वार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजिक भएको छ ।

ललितपुको होटल हिमालयमा चलिरहेको ‘कलिङ्ग साहित्यमहोत्सव’को उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ,अशोक बाजपेयी, तुलसीदिवस, माया ठकुरी र कनकमणि दिक्षीतले अङ्ग्रेजी भाषाको उक्त अन्तरवार्तालाई संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो

आइतबार सार्वजनिक भएको उक्त पुस्तकमा साहित्यसम्बन्धी २२ फरक फरक विषयमा समालोचक अधिकारी र स्रष्टा पौड्यालबीचको गहन संवाद समेटिएको छ । संवादले एउटा लेखकको निर्मिति, सिर्जनाको पक्ष, समकालीन नेपाली साहित्य र अन्तर्राष्ट्रियकरण, अनुवादका सजिला–अप्ठेरा, बालसाहित्यको वर्तमानअवस्थाजस्ता सार्वजनिक साहित्यिक चासोका विषय समेटेको छ भने स्रष्टा पौड्यालको जीवनमा सबैभन्दा बढी प्रभावपारेका २५ देशी–विदेशी पुस्तकको विवेचना पनि समेटिएको छ ।
बि.एन. पुस्तक संसारले बजारमा ल्याएको उक्त पुस्तकको मूल्य रु २५० रहेको छ भने समालोचक अधिकारीको यो दोस्रो संवाद–पु्स्तक हो ।

याे पढ्न छुटाउनु भयाे की ?

बजेटमा युवा प्राथमिकतामा तन्नेरी चासोको डिवेट कार्यक्रम

Friendship Khabar

सामुदायिक वन दिवसको उपलक्ष्यमा कविता वाचन

Friendship Khabar

फ्रेण्डसिप खबरकर्मी खतिवडा लाई इन्द्रमणी पत्रकारिता पुरस्कार

Friendship Khabar