फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश लेख तथा रचना

सामाजिक सन्जाल प्रयोग कर्ता!!किन छाडा हुन्छ ??

बिदुर प्रसाद दहाल

दुनियाँलाई संचार प्रबिधिले सहज बनायो। एउटै मोबाइल र कम्प्युटर भित्र सबै चिज बस्तु कैद हुन सक्ने अवस्था आयो।धेरै कुरा बोक्ने झन्झटबाट मानिसलाई मुक्ती दियो।घडी, रेडियो, क्यामेरा ,टि. भि. क्याल्कुलेटर, डायरी,क्यासेट प्लेयर, रेकर्डर,लोकेसन म्याप, कलम जस्ता सामग्री मोवाइल भित्र अटायो। क्षण भरमा संसार यात्रा गर्न सघायो।जीवन साच्चिकै सहज बनायो।टाढा रहेका आफ्न्तलाई पनि हर क्षण आफुसगै आम्ने साम्ने जस्तै बनाईदियो।सूचनाको नविनतम प्रबिधि ईन्टरनेटले ।

शिक्षकलाई शैक्षिक सामग्री र सूचना , गृहणिलाई पाक तरिका, फेसन डिजाइनरलाई नयाँ  नयाँ  आईडिया, ब्यापारिलाई बिज्ञापन गर्न , पैसा झिक्न बैक पुग्नु परेन। भुक्तानी गर्न घर घरमा सम्म जानै परेन। ग्राहकलाई बस्तुको प्राप्ति जानाकारी आदि सहजै हुने। वास्तवमा प्रबिधिले हुलाक युगलाई एक हिसबले अन्त गरिदियो। यति धेरै उपलब्धि दिदै गर्दा केही मानिसको मनलाई चाहिँ किन सुधार गर्न सकेन होला? खुव मन गमिराखेको छ।

खास गरि सामाजिक सन्जाल, फेसबुक, युटुव,टिकटिक पनि प्रबिधिका उपहार हुन।के छैन त्यसमा? बुझे र खोजे संसार छ।उपयोग गरे फाइदै फाईदा छ।किन अल्पबिकसित देशका अधिकाम्सले यसलाई सदुपयोग भन्दा दुरुपयोग गरेका होलान?? प्रश्न  जिवित!!!!!!!

बिशेष बर्ग/ मानिसले यसलाई सदुपयोग पनि गरेका छन।तर अधिकांश युवा बर्गले ठीक ढंगले प्रयोग गरेको देखिदैन।छाडा छ, फोहोरी छ, बिकृत छ, अस्लिल छ सामाजिक सन्जाल।तास खेल्ने, अनलाईन गेम खेल्ने माध्यम बन्यो प्रबिधी।सदुपयोग भन्दा दुरुपयोग धेर। कति सम्म भने छ्द्म आईडी बनाई वयस्क  पुरुष तथा महिलाले समेत यसको गलत प्रयोग गरेको देखिन्छ ।

राजनीतिक प्रणाली गलत होला ,नेता गलत होलान वा कुनै पात्र गलत होलान / नहोला तर सामाजिक सन्जालमा उनिहरु प्रति लक्षित भाषा, शब्द, मनोवृत्ति, कमेन्ट , स्टाटसको अध्यन गर्दा समाजका पात्र र प्रवृत्तिहरु किन त्यस्ता हुँदै छन??सामाजिक सन्जालमा  अस्लिलता छ्। सार्वजनिक मानिसलाई  बेइजत गरिएको छ। महिलाका बिषयमा  अतिरन्जित सन्देश प्रवाहा भइराखेका छ्न। आखिर किन?किन यस्तो हुन्छ?सकारात्मक पक्षको चर्चामा कन्जुस्याइँ छ!सधै गाली, फोहोरी र असभ्य भाषा, अस्लिल शव्द प्रयोग । सामाजिक सन्जालमा मानिस किन छाडा हुन्छ भन्ने प्रश्नको उत्तर खोज्न मनोबिज्ञ डा. नरेन्द्र ठगुन्ना र समाजशास्त्री माधव ज्ञवालीलाई सोधेको थिए।

ज्ञवालिका अनुसार  समाजको सामाजिक परिवेश, सिकाई, घर परिवार,साथी भाईको सङ्गत, वातावरणको प्रतिरुप सामाजिक सन्जालमा हो। यसले ब्यक्तिका सिकाइ, सामाजिक परिवेशको चिनारी गरिरहेको हुन्छ।एक हिसाबले ब्यक्तिको परिचय हो सामाजिक सन्जाल।

मनोविज्ञ ठगुन्नाका अनुसार मानिसको चेतन/ अचेतन मन भित्र कुण्ठा लुकेको हुन्छ। हीनताबोध हुन्छ,  मनोदशाले ग्रसित हुन्छ्न, कतिपयलाई जीवनसग आत्माग्लानी हुन्छ।त्यसको प्रतिक्रिया स्वरुप उसले सामाजिक सन्जालमा नकारात्मकता, छाडापन, आक्रमकता र अस्लिलता प्रस्तुत गर्दछ।ब्यक्तिले मनमा गुम्सेका कुरा राख्ने ठाउँ नपाउदा जे मनमा लुकेको थियो तेहि प्रस्तुत  गर्छ।त्यो नै उसको वास्तविक जीवन हो। ब्यक्तिको सोच, प्रवृत्ति र भोगाईको प्रतिनिधि ऎना हो; सामाजिक संजाल ।

अन्तमा,समाजको चरित्र,वातावरण, रोजगारीको अवस्था, पेसा, जीवन प्रतिको सन्तुष्टि/ असन्तुष्टि लगायत  मनोदशाको चित्रण   सामाजिक  सन्जालले गरिरहेको छ।नेपाली समाजका युवा/ वयस्क कसरी गुज्रिएका छन भन्ने कुरा सामाजिक सन्जालले देखाउछ।

याे पढ्न छुटाउनु भयाे की ?

जग्गा धितो रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

Friendship Khabar

रितबहादुर स्मृति भलिबल प्रतियोगिताको तयारी पुरा

Friendship Khabar

जनसचेतन द्वारा सहकारी दिवसमा रक्तदान

Friendship Khabar