फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ राजनीति

जसपा जिल्ला कोषाध्यक्ष सहित नेकपा एसमा प्रवेश

बिगु/दोलखाको बिगु गाउँपालिकामा जसपा कोषाध्यक्ष सहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा कार्यकर्ता नेकपा(एकीकृत समाजवादी)मा प्रवेश गरेका छ्न।

आज पार्टी केन्द्रिय कार्यालय मा जनता समाजवादीका दोलखा जिल्ला कमिटी कोषाध्यक्ष शेर साङबो शेर्पा, नेपाली कांग्रेस बिगु वडा नं ७ का सह-सचिव- पेम दोर्जे शेर्पा, बिगु शेर्पा युवा क्लव दोलखाका कोषाध्यक्ष दवा ग्याल्जेन शेर्पा,आचर्य लामा गुरू- साङठिलेन शेर्पा, निमा शेर्पा, खण्डु शेर्पा, फुर्निमा शेर्पा, लाक्पा शेर्पा, ङाठिलेन शेर्पा, सर्की शेर्पा,महल थामी, विधा थामी, कर्म शेर्पा, शुनिल थामी, मिङमार शेर्पा, फुर्वा शेर्पा, मैया थामी, विजय थामी, शुनिता थामी, सुन्दर थामी, जित बा.थामी, अमीत थामी, अनिता थामी, कवी थामी, रबी थामी, अमृत थामी, प्रदीप थामी सहित बिगु वडा नं ७ र वडा नं ६ आलम्पुका दर्जनौ युवाहरू केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल बाट टिका लगाई पार्टी प्रवेस गरेका हुन।

 

बिगु गाउँपालिका भित्र नेकपा एस मा युवा नेताहरुको आकर्षण रहेको र सयौ युवाहरु प्रवेश गरिरहेको बिगुका युवा नेता पेम साङ्बो शेर्पाले जानकारी दिए।पुरानो नेतृत्वलाई सम्मान गर्दै वर्तमान समय सापेक्ष युवा नेतृत्वलाई आगामी निर्वाचनमा अघि सारेर नेकपा एसलाई अत्याधिक वहुमतले विजय गराउने अभियान रहेको युवा नेता शेर्पाले बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एसनिकट कर्मचारी संगठनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

Friendship Khabar

राहत शिक्षककाे माग सम्बाेधन नभए आन्दोलनकाे राप र तापले बिस्फोट गर्ने चेतावनी

Kedar Dahal

समाजबादी सहकारी संगठनको अध्यक्षमा अर्याल

Nabin Kumar Khatiwada