फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ स्थानीय समाचार स्वास्थ्य

आयुर्वेद सेवा र महत्त्व बारे व्यापक प्रचार आवश्यक :-प्रजिअ पौडेल

चरिकोट/दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेल ले आयुर्वेद उपचार हाम्रो मौलिक उपचार पद्धति भएपनि प्रचार को अभावमा यसको महत्त्व नबुझिएको हुँदा यसको प्रचार गरि सेवाग्राही सम्म पुर्याउनु पर्ने बताउनुभएको छ।
दोलखा सदरमुकाम चरिकोटमा जिल्ला आयुर्वेद कार्यालय दोलखाले गरेको आयुर्वेद सेवाको प्रबर्द्धन गर्न पत्रकार संगको अन्तरकृया कार्यक्रममा उक्त धारण राख्नुभएको हो।कार्यक्रममा प्रजिअ पौडेलले आयुर्वेद उपचार पद्धति रोग लागेपछि उपचार गर्ने मात्र नभएर रोग लाग्नै नदिने सेवा भएकोले यो महत्त्वपूर्ण रहेको र यसको महत्त्व कोभिडको समयमा अझ प्रष्ट भएको समेत स्मरण गर्नुभएको छ।आयुर्वेद बाट पनि उपचार संभव छ भन्ने कुरा लाई अभ्यासमा ल्याउन सके आम नागरिक स्वस्थ र खुसी भएर बाच्न सक्ने भन्दै समृद्ध आयुर्वेदिक पद्धति को लागि शुभकामना समेत व्यक्त गर्नुभएको छ।

कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालय दोलखाका प्रमुख डा.मनोज चौधरी ले आयुर्वेद कार्यलय बाट दिने सेवा बारे जानकारी गराई सेवाग्राही संग पुर्याउनु र सेवा लिन बाट बन्चित सेवाग्राहीलाई सेवा लिन आयुर्वेद कार्यलय सम्म आउने अपेक्षा सहित कार्यक्रमको आयोजना गरिएको बताउनुभएको छ।कार्यालय मा हाल २३ प्रकारका आयुर्वेदिक औषधि निशुल्क बितरण हुने,जेष्ठ नागरिक को स्वास्थ परिक्षण निशुल्क गरिएको,उपचारात्मक योग र प्रवर्धनात्मक योग संचालनमा रहेको साथै छिटै अकुपन्चर सेवा संचालनमा ल्याउने तयारी रहेको पनि जानकारी दिनुभएको छ।यसैगरी प्रमुख चौधरी ले चरिकोटमा ५० शैयाको आयुर्वेदिक अस्पताल निर्माणका लागि आवस्यक पर्ने कम्तीमा १२ रोपनी जग्गाको खोजीमा रहेको र जग्गा प्राप्ति हुन साथ डिपिआर गर्न को लागि बजेट भएकोले काम शुरु गर्ने। पनि जानकारी दिनुभयो।

कार्यक्रममा आयुर्वेद कार्यालय दोलखाकि डा.सुकृती ढुंगानाले नेपालमा आयुर्वेदिक चिकित्सा सेवाको इतिहास,वर्तमान अवस्था,कानुनी ब्यबस्था बारे जानकारी गराउनुभएको थियो।

जिल्ला आयुर्वेद कार्यालय दोलखाका प्रमुख डा.मनोज चौधरीको अध्यक्षतामा भएको अन्तर्किया कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईं,कविराज अर्चना कुमारी झा,हरिनारायण महतो लगाएतले आयुर्वेदिक चिकित्सा पद्धतिको महत्त्व र आवश्यक्ता को बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

दाेश्राे मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी

Kedar Dahal

उपभोक्तालाई दुर्व्यवहार गर्ने हाकिम धिरेन्द्रलाई चेतावनी

Friendship Khabar

सामुदायिक वन दिवस,चरिकोटमा अन्तरक्रिया

Friendship Khabar