फ्रेण्डसिप खबर
गृह पृष्ठ राजनीति लेख तथा रचना

नेपालको राजनैतिक इतिहास र केपी ओलीको ऎतिहासिक भुल

बिदुर प्रसाद दहाल

नेपालको मध्यकालिन ईतिहास बि. स. ९३६ पछि लिच्छवि तथा मल्ल बंशको शासन (त्यस बेलाका कला कृति, बास्तुकला, मूर्तिकला) स्थिर र सबल थियो कि भन्न सकिन्छ । ततपश्चाप नेपालको राजनैतिक ईतिहासमा सुखद कालखण्ड( भलै पृथ्वीनारायण शाहले एकीकरणको शुरूवात गरे र केही उपलब्धि पनि प्राप्ति भयो) कहिल्यै देखा परेन।पृथ्वीनारायणको मृत्यु पश्चात् नै दरवारमा झै झगडा , किचलो , भाइ भारदारको गुट उपगुट निर्माणका कारणले राजनैतिक स्थिरता हुन सकेन।मुलुकलाई अनाहकमा तत्कालीन इष्ट इन्डिया कम्पनी ( अङ्ग्रेज)सग युद्धमा धकेलेर बर्तमान मुलुकको एक तिहाई भुभाग गुमाउनु पर्यो।बलियो राजनीति र सबल सरकार भएको भए अङ्ग्रेजहरु भारतबाट फिर्ता हुँदा आफ्नो भुभाग फिर्ता लिन सकिन्थ्यो तर शासक बर्ग कमजोर हुँदाको त्यो सम्भावना भएन।मुलुकको लागी अहिलेसम्म पनि त्यो एउटा चहर्याउने घटना हो।अङ्ग्रेजहरुले भारत , पूर्वी पाकिस्तान , पश्चिम पाकिस्तान श्रीलंका आदिलाई सहज रुपमा मुलुक फिर्ता दिदा नेपालले फिर्ता नपाउने कारण नै थिएन!!!! शासकको कमजोरीका कारण त्यो क्षति भएको हो।इतिहासको हरेक कालखण्डमा शासक कम्जोर बने/ बनाइयो।

जङ बहादुरले जे जसरी सत्ता कब्जा गरेता पनि उनको मृत्यु पछि परिवारिक सत्तामा अनेक शङ्का उपशङ्का जालझेल र अस्थिरताको बिचबाट १०४ बर्ष बितेको थियो।त्यो जहानिया र निरङकुश शासन थियो। २००७ मा निरकुश सत्ता परिवर्तन त भयो तर स्थिरता दिन नसक्दा तत्कालीन राजा महेन्द्रले २०१७ मा काङ्ग्रेस नेतृत्वको दुई तिहाईको सरकारलाई अपदस्थ गरि प्रजातन्त्रको हरण गरे।यसमा राजाको महत्वाकांक्षा र पार्टीहरुमा देखिएको किचलो नै प्रमुख कारण थियो।

३० बर्षे पन्चायती ब्यवस्था दलबिहिन ब्यवस्था थियो।नकारात्मक पक्ष हुदाहुदै पनि मुलुकलाई बिकास निर्माण र औद्योगिक युगमा प्रवेश गरायो।नेपाली काङ्ग्रेस र कम्युनिस्ट घट्कहरु प्रजातन्त्रको माग निरन्तर गर्दै रहे।पन्चायती ब्यवस्थाले पनि ढुक्कसँग काम गर्न नपाएकै हो।नेपालका राजनीति दल परिवर्तन गत्न सक्ने तर त्यसलाई स्थायित्व दिन नसक्ने ठहरिए ।

२०४६ सालमा एकातिर भारतको दवाव अर्को तिर नेपाली काङ्ग्रेस र संयुक्त बाम मोर्चाको आन्दोलनका कारण पन्चायित ब्यवस्था २०४६ चैत्र २६ मा ढ्ल्यो।जनताले बहुदलीय ब्यवस्था पाए।२०४८ सालको को निर्वाचन पाछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा काङ्ग्रेसको बहुमतको सरकार बन्यो। ३ बर्ष बित्न पाउँदा नपाउदै बहुमतको सरकार पार्टीगत किचलोको कारण ढ्ल्यो। मध्यावधि चुनाबमा अहिलेको एमाले ठूलो दल बन्यो।बहुमत आएन।मनमोहन अधिकारीले अल्पमतको सरकार बनाए।मानिसले अहिले पनि उक्त सरकारका केही कामलाई अहिलेसम्म सम्झने गर्दछ्न।एमाले त्यसको ब्याजमा अहिले पनि दाबी गर्दै छ। २०५२ साल पछि मुलुकमा पार्टीहरुको अदुरदर्शिता,पार्टीगत स्वार्थता, माओवादी बिद्रोह ,राजदरवार हत्या काण्ड , राजा ज्ञानेन्द्रको सत्ता मोह आदि कारणले नेपाली राजनीतिमा अनेकन अभ्यासहरु भए।राज्य र सरकार सधै अस्थिर भइरहे।

२०६३ मा राजतन्त्रको अन्त्य संगै आएको परिवर्तन पछि माओवादी फरक पृष्ठभूमिबाट आयो।मानिसहरुले माओवादीबाट ठूलो आशा राखेका थिए।माओवादी पनि सत्ताको एउटा कच्चा खेलाडी साबित भयो।भलै उसले राजतन्त्रको अन्त र संविधान सभाबाट संविधानको निर्माणमा महत्वपूर्ण भूमिका खेल्यो ।देशमा जुनसुकै परिवर्तन भएता पनि स्थिरता भएन। अनेकन दुबिधाका बिच द्रोसो संविधान सभाले २०७२ असोज ३ मा संविधान जारी भयो ।यो एउटा ऎतिहासिक कदम थियो।संविधान घोषणा तराईका केही दल र भारतलाई मन परेन।भारतले नाकाबन्दी गर्यो।तत्कालिन प्रधानमन्त्री केपि ओलिले देखाएको राष्ट्वादी धारणालाई सबैले तारिफ गरे।तेहि बेला सत्तामा रहेका पार्टी एमाले र माओवादी बिचको सम्झौता भाडियो।सत्ताबाट केपि ओलिको बहिर्गमन भयो।

नेपाली राजनीतिमा फेरि नयाँ मोड आयो।एमाले र माओवादी चुनावमा संयुक्त भइ जाने र पार्टी एकता गर्ने निर्णय गरे।फलस्वरूप २०७४ को चुनावमा दुईवटा कम्युनिस्ट पार्टी मिल्दा झन्डै दुई तिहाई मत प्राप्त भयो।यो ऎतिहासिक थियो। तर बोकोलाई मुखमा सिङ्गो कुभिन्डो कोच्याएको जस्तो भयो; त्यो अथाहा बहुमत । सवाल यहि नेर जोड्न खोजेको हो।

९३६ यताको नेपाली राजनीतिमा केपि ओलिलाई र नेकपाबाट ठूलो आशा थियो।सरकार दुई बर्ष पुग्दा नपुग्दै झन्डै दुई तिहाईको सरकार ड्गमगायो।प्रधानमन्त्री र नेकपाको प्रथम अध्यक्षको हैसियत अर्कोलाई गाली गर्ने र तह लगाउने भन्दा बढी नै हुन्थ्यो। केपि ओलीले बुझेनन र त्यो बुझ्ने क्षमता उनिसग भएन।सरकार जोगाउने, लोकप्रिय काम गर्ने र माओवादीसग भएका सम्झौता कार्यान्वयन गर्ने मुल दायित्व उनकै थियो।उनी चुक्दै गए।एक पछि अर्को भ्रष्टाचार जोगाउन आफै अगाडि सरे।भलै केपीका सहयात्री प्रचण्ड खराब/ अस्थिर थिए होलान; माधव नेपालहरु खराब वा पदको लोभी थिए होलान।अफ्ठेरो थियो होला तर मुख्य नायक उनी नै थिए ।पार्टी जोगाउने : सरकार जोगाउने मुख्य भुमिका उनकै थियो तर जोगाएनन !!नेकपा जोगाएनन, त्यति मात्र होइन आफ्नो पार्टी एमाले जोगाएनन।दम्भ र घमण्डका कारण दुई तिहाईको सरकार ,७ वटा प्रदेश मध्ये ६ बटा प्रदेश सरकारबाट हात धुनु पर्यो।नेपालको इतिहासमा यो स्वर्णिम अवसर केपि ओलिलाई थियो।जनताको त्यो अभिमत कुल्चेको कारण केपि ओली र उनको दललाई ऎतिहासिक दण्ड दिई पाठ सिकाउनु जरुरी छ।जनताले दिएको अवसर लिन नस्क्ने बुद्धु नेताले फेरि पनि काम गर्छ भन्नू मुर्खता बाहेक केही होइन।नेपालको राजनैतिक ईतिहास एउटा खलपात्रको रुपमा चित्रण गर्दा फरक नपर्ला। इतिहासका पानाबाट……….

याे पढ्न छुटाउनु भयाे की ?

एमाले कैलाली जिल्ला सल्लाहकार सहित ५ जनाले रोजे नेकपा एस

Friendship Khabar

यू.ए.ई मा तीज विशेष कार्यक्रम हुने

Friendship Khabar

माओवादी केन्द्रको बन्दसत्र आजबाट

sanjeet