फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश समाचार

वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै परीक्षा तथा नतिजा प्रकाशन पनि



आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सो निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दिपक शर्माले आगामी १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र सुरु गर्ने र सोही वर्षको चैत मसान्तसम्ममा शैक्षिक सत्र सक्ने निर्णय भएको जानकारी दिए ।

मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा प्रकाशन पनि वैशाखमा गर्ने, आगामी शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना पनि वैशाखमा गर्ने र पाठ्यपुस्तकको व्यवस्थापन पनि वैशासमा सक्ने निर्णय भएको छ ।

उनले स्थानीय तहले आफ्नो अनुकूलअनुसार कक्षा ८ को परीक्षा वैशाखमा नै सक्नुपर्ने निर्णय भएको जानकारी दिए ।

याे पढ्न छुटाउनु भयाे की ?

व्यक्तिगत लगानीमा विद्यार्थीलाई दिवा खाजा

Nabin Kumar Khatiwada

असार १ गते देखि आइतबार विदा नदिने

Rajkumar Dahal

“आधुनिक विश्व परिवेशमा हरित हाइड्रोजन ईन्धनको सान्दर्भिकता”

Friendship Khabar