फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ समाचार स्थानीय समाचार

केपी ओलिले अवैध केबलकार उद्घाटन गरेको माओवादी केन्द्रको दावी

कालिन्चोक/नेकपा माओवादी केन्द्र ले पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले अवैध केबलकार उद्घाटन गरेको भन्दै बिरोध गरेको छ।
नेकपा माओवादी केन्द्र कालिन्चोक कालिन्चोक गाउँपालिका संगठन कमिटीका अध्यक्ष नवराज अर्यालको हस्ताक्षर मा जारी गरिएको बिज्ञप्ती मार्फत बिरोध गरिएको हो।
बिज्ञप्तीमा भनिएको छ :-

आदरणीय कालिञ्चोक बासी जनसमुदाय, समस्त सुवेच्छुक शुभ चिन्तक तथा पत्रकार ज्यूहरुमा यो अवगत गरिन्छ कि लामो समय देखि यसै कालिञ्चोक गाउँपालिकामा अवस्थित कालिञ्चोक भगवती मन्दिरको आसपासमा विगत केही वर्ष अघी देखि धार्मिक तथा पर्यटकीय स्थलमा निर्माण गरिएको केबुलकार शक्ति र सत्ताको आडमा संचालनमा ल्याएको कुरा कालिञ्चोक बासी जनसमुदायलाई जानकारी नै छ |

यसरी गाउँपालिकाको श्रोतसाधन प्रयोग गरेवापत दिनुपर्ने कर तथा आवश्यक शुल्क नदिने कालिञ्चोक दर्शन प्रा.लि. ले गौरीशंकर संरक्षण क्षेत्रको रोहबरमा स्थानीयसँग (EIA) वातावरणीय प्रदूषण मूल्याङ्कन गर्दा गरेका सम्झौताहरु पालना नगरेको र कम्पनीले नै एकाधिकार लादन खोजेर स्थानीय होटल व्यवसायीहरुको रोजिरोटी खोसेको र राज्यको कुनैपनि निकायसँग आधिकारीक स्वीकृती नलिएको हुनाले कालिञ्चोकमा संचालन गरिएको केबुलकार अवैध गैरकानुनी ढङ्गले संचालन गरिएको हुँदा यस्तो अवस्थामा पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले अवैध केबुलकार उद्घाटन गरेर राज्यमाथी नै खिल्ली उडाउने यो कार्य तत्काल बन्द गर्न नेकपा माओवादी (केन्द्र) कालिञ्चोक गाउँपालिका संगठन कमिटी आवहान गर्दछ ।

यदि कालिञ्चोक बासी जनसमुदाय प्रति उक्त प्रा. लि. जिम्मेवार नबनेमा नेकपा माओवादी (केन्द्र) कालिञ्चोक गाउँपालिका संगठन कमिटीले उक्त केबुलकार बन्द गराउने पक्षमा लाग्न बाध्य हुने छ।

याे पढ्न छुटाउनु भयाे की ?

मैनापोखरीमा कांग्रेसको जागरण कार्यक्रम

Friendship Khabar

एकीकृत समाजवादी हेटौंडा चुनाव केन्द्रित अभियानमा

Friendship Khabar

लालीगुरास अस्पतालमा कपिङ थेरापी सेवा

Friendship Khabar