फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ राजनीति लेख तथा रचना

राजनीति सुधार एक बहस

बिदुर प्रसाद दहाल

राजनीति हरेक नितिको माउ निति हो।राजनीति सङ्लो नभए सम्म कुनै कुरा पनि सुधार नहुने प्रष्ट देखियो ।मुख्य कुरा नियत रहेछ ।यस्तै ब्यवस्था बेलायतमा अति राम्रो हुने तर नेपालमा नहुने।कुरा नियतको रहेछ। नियत सफा हुदा सबै ठिक। नियत गलत हुदा प्रणाली नै गलत ।नेपालमा ब्यक्ति, समाज र सामाजिक प्रणालीले नै बाटो बिराएको भान हुन्छ। अधिकांश मानिसको नियत कामै नगरि वा छलछाम गरि रातारात धनी हुन खोज्ने छ।यो नै गलत छ।समस्या यसैमा छ।आम मानिसमा अनुशासन , कर्तव्य पालन , जवाफदेहीता होइन छाडातान्त्र र अधिकारको मात्र कुरा सुनिन्छ ।जहाँ जसरी हुन्छ; ठग्नै प्रणाली बिकास हुँदै छ।कसको मात्र कुरा गरौ;शिकक ,कर्मचारी ,पत्रकार ,वकिल,डाक्टर ,ब्यापारी , विद्यार्थी सबैलेपरिभाषित जिम्मेवारी र दायित्व पूरा गरेका छ्न त? सवाल यावत छन।अरुलाई गाली गर्न र दोष देखाउन सकिएला तर सोहि काम आफूले कति इमानदारीताका साथ गरेको छु भन्ने कुराले धेरै पक्षको मापन गर्छ।राजनीति पनि यहि समाजको उपज हो । समाज अनुसारका कार्यकर्ता ; कार्यकर्ता अनुसारका नेता।यसो हुदा राजनीति समाज भन्दा पृथक हुन सक्दैन। समाजको प्रतिबिम्ब हो ;राजनीति । स्व नियन्त्रण र स्व नियमले बाध्न नसकि रहेको अवस्थामा ब्यवस्थित नीति नियम र प्रणालीको सुधार एउटा उपाय हुन सक्छ ।यसका लागि—

*प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली।सरकार स्थिर हुन्छ।आवश्यकता अनुसार महाअभियोग लगाउने ब्यवस्था गर्न सकिन्छ।

*जनताबाट निर्वाचितहरुलाई बिधायिकी मात्र अधिकार मात्र दिइनु पर्छ। ( मन्त्री विज्ञबाट बन्ने ब्यवस्था)

* कम्तीमा जिल्लाको एक तथा बढी जनसंख्या भएका जिल्लालाई दुई जना भन्दा बढी नहुने गरि माननीयको ब्यवस्था गर्नु पर्छ। यस्ले खर्च पनि घटाउछ।

*बर्तमान अभ्यास हेर्दा प्रदेश नहुदा पनि हुने देखियो।यदि कायम गर्ने हो भने प्रदेशको प्रतिनिधित्व आधाभन्दा कम गरिनु पर्छ।प्रदेशमा पनि माननीयहरुलाई मन्त्री नबनाउने ब्यवस्था गर्ने।

* सबै भन्दा जरुरी क्याडर बेस पाटीलाई मास बेस पाटीमा रुपान्तरण ।यसो गर्दा पार्टी र ब्यक्ति छनौट नितिका आधारमा हुन्छ। सधै कार्यकर्ता पालिराख्नु पनि नपर्ने।कार्यकर्ता रिसाउला भन्ने झन्झट पनि सकिने ।

* स्थानीय निकायलाई अहिलेकै जस्तै शक्तिशाली बनाई राख्ने।तर प्रतिनिधित्वको सङ्ख्या अझ सानो बनाउने।

* शिक्षक ,कर्मचारी वा सरकारी तलव खानेलाई पार्टीको सदस्यता नदिने ब्यवस्था।

यसो गर्न सकिए सबै कुरा सहज भइ राजनिती सुधार हुन्छ।देश निर्माण गर्ने हो भने यी काम गर्नु जरुरी छ।सबै पक्षले गुनासो गर्नु भन्दा यस्ता बिषयमा बहस चलाउने हो कि??यसको लागि आन्दोलन, बन्द ,धरपक्कड आवश्यक पर्दैन।यसलाई भन्छ्न श्वेत क्रान्ति ।

याे पढ्न छुटाउनु भयाे की ?

आयाराम,गयाराम र निर्वाचन

Friendship Khabar

इटहरीका खड्काले वितरण गरे दाेलखाका विद्यार्थीलाई जाडाेका सामान

Kedar Dahal

नेकपा एस निकट प्रवासी नेपाली एकता मञ्च युएइको अध्यक्षमा सापकोटा

Friendship Khabar