फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ लेख तथा रचना

बाध्यता !!

यादका भारी बाेकेर अचेल
सपनाहरु गाउँ तिर पुग्छन् ।

अामा मलाई घर अाइज भन्न सक्नु हुन्न
बालाइ जाेरी शत्रुका अगाडी
शिर ठाडाे पाराेस् भन्ने छ
साँझमा कहिले काहीँ अामा उसै रुनुहुन्छ
सम्झनाका भारिले थिचेर हाेला ।

अावाजकाे न्यास्रो मान्नु हुन्छ
अामा अचेल
पाेल्टाकाे माेवाइलमा
छाेरा छाेरीकाे अावाज कुर्नु हुन्छ
स्टकाेटकाे खल्तीमा बा काे माेवाइलले जस्तै ।

बचेरा हुर्काए पछी
रित्तियकाे धाेबी चरिकाे गुँड हेरेर
बा टाेलाउनु भाे अस्ति
उमेरमा अाफैले चलाएकाे फलामे गल र
मुलघरकाे निदालमा
एकछिन धमिला अाँखा अड्याए पछी
अमिलाे मनसँगै शहर अाउन तयार हुनुभाे  बा ।

बा-अामाले गाउँ छाेडेपछी
खण्डहर बन्नेछन् सुन्दर घरहरु
विरानाे बन्ने छ अाफ्नै गाउँ
विराना लाग्नेछन् अाफ्नाहरु !

बेखुसी जीवन बाँच्न मञ्जुर हुनु भाे बा-अामा
शहरका अग्ला घरमा कतै छलिएर ।
                                               

राजन केसी                                         तामाकोसी-५,दाेलखा
(हाल देवीघाट, नुवाकोट)

याे पढ्न छुटाउनु भयाे की ?

हिमपर्वतकाे पहिलाे आयाेजनाकाे परीक्षण उत्पादन सुरू

Nabin Kumar Khatiwada

मुख कुल्ला गर्नुपर्छ भन्नेलाई समाजवादी बास्ना आउन थाल्यो:-नेपाल

Friendship Khabar

चीन र भारत मिलेपछि विश्व शक्ति एसिया केन्द्रित,पश्चिमा शक्ति कमजोर

Nabin Kumar Khatiwada