फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश समाचार

म गलत गर्दिनँ,तपाईँहरु पनि नगर्नुस: मन्त्री चौधरी

काठमाडौँ/सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरुले मानसिकता बदल्न जरुरी भएको बताएका छन् ।

नेपाल नगरपालिका संघले आइतबार होटेल र्‍याडिसनमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘जनताले खासखास ठाउँहरुमा प्रमुख दलहरुलाई चुनौति दिएका छन् । यो राम्रो पनि हो । र अब पनि दलहरुले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन । हामी अब सुध्रिन जरुरी छ । हाम्रा व्यवहारहरु सुध्रिनु जरुरी छ ।’

प्रशिक्षणात्मक मन्तव्य राख्दै मन्त्री चौधरीले मेयर उपमेयरहरुलाई भने, ‘तपाईँहरु जनताका घरघरसँग जोडिनुभएको छ । साँचो अर्थमा संघीयता कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ । अब पनि मेयर उपमेयर भएर जनतालाई थर्काउने, पुलिसलाई थर्काउने, काममा ढिलाई गर्ने र भ्रष्टाचारमा रम्ने हो भने जनताले सहदैनन् । तपाईँहरु दलका प्रतिनिधि हुनुहुन्छ । दलहरुको औचित्य पुष्टि गर्नुस् ।’
अहिले जनताको मानसिकता बदलिसकेकाले जनप्रतिनिधिबाट उनीहरुले धेरै आसा र अपेक्षा गरेको बताउँदै मन्त्री चौधरीले थपे, ‘म सुध्रिन्छु, तपाईँहरु पनि सुध्रिनुस् । म गलत गर्दिनँ, तपाईँहरु पनि गलत नगर्नुस् ।’
सहरी मन्त्री चौधरीले भौगोलिक, आर्थिक, सामाजिक एवं विविध कारणले पछाडि परेका नगरपालिकाहरुलाई समान ढंगले विकासको मार्गमा अघि बढाउन मन्त्रालय तयार रहेका बताए । हरेक नगर पालिकामा कम्तिमा ३ जना अर्बन प्लानरको व्यवस्था गरेर व्यवस्थित सहर बनाउने उनले  आफ्नो योजना समेत सुनाए ।
अभिमुखिकरण कार्यक्रममा बागमती प्रदेशका नवनिर्वाचित मेयर, उपमेयर एवं प्रशासकीय अधिकृतहरुको उपस्थिति थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

ललितानिवास प्रकरणमा माधव नेपाल दोषी छैनन:-भुषाल

Friendship Khabar

समाजवादी दोलखाको तीनै तहका सरकारलाई ध्यानाकर्षण पत्र

Friendship Khabar

आँधीखोलाका युवा मौलिक पिङ संरक्षणमा जुट्दै!!!

Nabin Kumar Khatiwada