फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

वैतेश्वर द्वारा प्राबिधिक सीप बिकास तालिम प्रदान

दिनेश  समर्पण 

दोलखा /वैतेश्वर गाउँपालिकाले ५८ जना उद्ममीलाइ प्राबिधिक सीप बिकास तालिम प्रदान गरेको छ ।

मेडपा कार्यक्रम अन्तर्गत आ ब २०७७/०७८मा वैतेश्वर गाउँपालिका मिर्गेका १८ जना उधमीलाई ब्यबसायिक हातेहोजियारी ( बुनाई )वैतेश्वरको क्षत्रपाका ४० जना उधमीलाई ब्यबसायिक बाँसको मुढा,व्यावसायिक सिन्के धुप,व्यावसायिक डल कुशन  लगायतका नयाँ लघु उधमी सृजना गरि  तालिम प्रदान गरेको हो ।

वैतेश्वर गाउँपालिकाको को वडा न ८ क्षत्रपाका ४० जना वडा न ३ मिर्गेका १८ जना नयाँ लघु उधमीलाई कुल ७ लाख बराबरको बजेटमा तालिम सन्चालन गरिएको हो । साथै यसै बर्षको स्वीकृत  कार्यक्रम मध्य अब बाकी बाखापालन २ वटा र सिलाई कटाई र व्यावसायिक तरकारी खेती तालिम बाकी रहेको छन ।


स्थानीय श्रोत साधनको प्रयोग गरि व्यावसायिक रुपमा सम्रग वैतेश्वरलाई छुटै पहिचान देखाउनको निमित लघु उधमी बिकास कार्यक्रम प्रभावकारी ढंगले संचालन गरिरहेको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो ।
यो कार्यक्रम आ ब २०७६/७७ देखि  कार्यान्वयनको जिम्मा स्थानीय तहमा आएको देखि थप परिस्कृत  र प्रभाबकारी तबरले सन्चालनमा आएको छ ।यस्ता कार्यक्रमले रोजगार आत्मनिर्भरतामा टेवा पुर्याउने गाउँ पालिका उपाध्यक्ष रविचन्द्र आचार्य ले बताउनुभयो।


यो कार्यक्रमले स्थानीय ब्यक्तिहरुको माग बमोजिम मेड मोडेल अनुसार  उधमशिलता बिकासमा र लघु उधम मार्फत गरिबी न्यूनीकरणमा कोशेढुङ्गा साबित हुने हुँदा  आउने दिनहरुमा पनि वैतेश्वरमा स्थानिय श्रोत साधनको पहिचान गरि कार्यक्रम लाई निरन्तरता दिएमा जीवनस्तर सुधारमा सहयोगी हुने उधम बिकास प्राविधिक सरोज भट्टराई ले जानकारी दिनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

जनजागरण साकाेषकाे बार्षिक साधारण सभा

Nabin Kumar Khatiwada

जिरी अस्पतालका समस्या बारे स्वास्थ मन्त्री लाई ध्यानाकर्षण

Friendship Khabar

११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वैतेश्वरमा वक्तृत्वकला प्रतियोगिता हुने

Kedar Dahal