फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ

जग्गा धितो रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं/ सर्वोच्च अदालतले जग्गा जमिन धितोमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

उक्त रोक लगाउने निर्णयका कारण धेरै सर्वसाधारण मर्कामा पर्ने भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू-उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो । 

जग्गाको बर्गीकरण गर्ने आधारको रुपमा रहेको भू-उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण नभइसकेको र अनिश्चितकालसम्म जग्गा धितो बन्धी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कुरामा अनुचित असर पर्न जाने सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ । अदालतको यो आदेशसँगै अब जग्गा जमिन धितो बन्धकी राखेर ऋण लिन बाटो खुलेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

संघीय संसद निर्माण कार्यमा ढिलाई नगर्नू- मन्त्री चौधरी

Friendship Khabar

खिम्ती ग्रामीण विद्युत सहकारीले अर्को आयोजना बनाउने

Nabin Kumar Khatiwada

दोलखाको विकट गाउँमा ११४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Nabin Kumar Khatiwada