फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

नेकपा एस मेलुङमा बस्नेतको नेतृत्वमा सर्वसम्मत, फोटो फिचर

दोलखा/नेकपा एकीकृत समाजबादी मेलुङ गाउँपालिका कमिटी को प्रथम अधिवेशन सम्पन्न भएको छ। शनिबार सप्पन्न प्रथम अधिवेशन बाट ललित बस्नेतको अध्यक्षतामा ७६ सदस्यीय जिरी नगर कमिटी गाउँपालिका कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हो। जस अनुसार पदाधिकारी को नामावली यसप्रकार रहेको छ।

अध्यक्ष :-ललित बस्नेत

उपाध्यक्ष :-शुवास भण्डारी

सचीव :-भुप चापागाईं

यसैबीच आज नै गणेश बहादुर थोकरको अध्यक्षतामा २१ सदस्यीय युवा संघ नेपाल मेलुङ गाउँपालिका कमिटी,सुनिता तमाङको अध्यक्षतामा २१ सदस्यीय अनेमसंघ,भरत नेपालीको अध्यक्षतामा १५ सदस्यीय दलित मुक्ति संगठन समेत निर्वाचित गरेको छ।

निर्वाचित कमिटीका पदाधिकारीलाई पार्टीका पोलिट्ब्युरो सदस्य शिव प्रसाद भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो।

 

अधिबेशनमा केन्द्रीय कमिटीका उपमहासचिव गंगालाल तुलाधर ,केन्द्रीय पोलिटब्युरो सदस्य एवं दोलखा इन्चार्ज शिव प्रसाद भण्डारी,केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने,चुनु केसि,रविन्द्र कार्की,युवा सघं नेपालका केन्द्रीय कमिटि उपमहासचिब अशोक कुमार दाहाल,मेलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी,नेकपा एकीकृत समाजबादी दोलखा-काठमाडौ संपर्क मन्च का अध्यक्ष हरिहर कार्की,सचिब बिकल श्रेष्ठ,अनेमसंघ दोलखा अध्यक्ष तारा लामा,युवा सघं जिल्ला कमिटि सह-अध्यक्ष रामहरि शिबाकोटि,सह-सचिब बिष्णु थापा अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष पुष्पक केसि,जन सास्कृतिक महासंघका नेता रमेश कार्की,नेपाली काङ्ग्रेसका नेता एवं भेडेपुका वडा अध्यक्ष छत्र बहादुर लामा,माओवादी केन्द्र दोलखाका सचिबालय सदस्य प्रेम लामा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

याे पढ्न छुटाउनु भयाे की ?

नव जनउत्थान साकोषको कुल पुजी १८ करोड

Friendship Khabar

बाध्यता !!

Friendship Khabar

फेसिङ अ लिटल भोल्क्यानो सार्वजिक

Nabin Kumar Khatiwada