फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ देश बागमती प्रदेश स्थानीय समाचार

प्रगतिशील शिक्षक द्वारा बालगृहमा सहयोग तथा अन्तरक्रिया

प्रकाश दहाल

चरिकोट/प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले आफ्नो स्थापना दिवस गौरीशंकर बालगृहमा अध्ययनरत बालबालिका हरुलाई विभिन्न सहयोग गर्दै मनाएको छ।

संगठन को ४३ औ स्थापना दिवसको उपलक्ष्यमा गौरीशंकर बालगृहमा आवाशीय रूपमा बस्ने विभिन्न विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुलाई फलफूल,मिठाइ खाजाको रूपमा भोजन गराई उनीहरुको बीचमा अन्तर क्रियात्मक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कै अवसरमा बालगृहलाई सेतो पाटी प्रदान ,विषय शिक्षक द्वारा विद्यार्थीहरुलाई सहजीकरण गरिएको छ ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य सिताराम न्यौपाने,दोलखाका अध्यक्ष कमल कार्की,कोषाध्यक्ष शंकर बस्नेत,बुद्धिजिवि संगठन समाजबादी दोलखाका अध्यक्ष सिताराम दहाल सहित संगठन का शिक्षक हरुकोको टोलि बालगृह पुगि, नेकपा एकीकृत समाजबादी दोलखाका अध्यक्ष भिम दहाल द्वारा बालगृहका प्रमुख ईश्वर दहाल मार्फत विद्यार्थी हरुलाई सहयोग हस्तान्तरण गरिएको हो।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एकीकृत समाजबादी दोलखाका अध्यक्ष भिम दहाल ले बालगृहको विकासको लागि र आवासीय विद्यार्थीहरूको लागि चौतर्फी विकास गर्ने उद्देश्यले गरिने कुनै पनि गतिविधि हरुमा सहभागी भई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

दाेलखामा ४ किलाे सुन सहित ५ जना पक्राउ गरि सार्वजनिक

Friendship Khabar

यलुङ रि हिमपहिरोमा पुरिएका पाँचै जनाको शव भेटियो

Kedar Dahal

खुम्बुको विकासमा सधैँ लाग्नेछु :- मन्त्री चौधरी

Nabin Kumar Khatiwada