फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ बागमती प्रदेश

अबैध जडिबुटी सुनाखरी सहित ३ जना पक्राउ

चरिकोट /जिल्ला प्रहरी कार्यालय दोलखाले अबैध जडिबुटी सुनाखरी सहित ३ जनालाई पक्राउ गरेको छ।

जिल्लाको भिमेश्वर न.पा. वडा नं. ९ स्थित प्रहरी चौकी खरिढुंगा चेक पोष्टमा प्रहरी टोलीले चेक जाँच गर्दा बा ३ ख ९१८३ नंम्बरको गाडीको डिकी भित्र ८.५० के.जी. सुनाखरी  जडीबुटी फेला परेको हो।

सो गाडीको धनि (सहचालक) जिल्ला दोलखा गौरीशंकर गा.पा. वडा नं. १ जुगु बस्ने बर्ष २७ को दिपेन्द्र खड्का,चालक जिल्ला दोलखा गौरीशंकर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४४ को नारायण बहादुर कार्की र उक्त जडिबुटी गाडीमा राखी पठाउने जिल्ला दोलखा बिगु गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ५६ को नर बहादुर श्रेष्ठ समेतलाई पक्राउ गरि  बस र  बरामद भई आएको जडिबुटी सहित मानिसहरु समेतलाई आवश्यक कारवाहीको लागि २८ गते सोमबार  डिभिजन बन कार्यालय दोलखामा पठाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी, प्रहरी निरीक्षक अञ्जन कोईराला ले जानकारी दिनुभएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

गाउँ पालिकाकाे स्थायी केन्द्र ताेकेकाे २४ घण्टा नबित्दै वडा अध्यक्ष द्वारा प्रमुखकाे कार्यकक्षमा ताेडफाेड

Friendship Khabar

दोलखाली समाजको अध्यक्षमा कुमार पिडि

Friendship Khabar

नेकपा एस मेलुङको अध्यक्षमा बस्नेत,(अधिवेशन फोटो फिचर)

Friendship Khabar